आफूखुसी घुम्न जाने पर्यटक हराउँदै

आफूखुसी घुम्न जाने पर्यटक हराउँदै

काठमाडौं : नेपाल भित्रिने अधिकांश पर्यटक गाइडबिनै आफूखुसी घुम्ने गरेको पाइएको छ। प्रहरीका अनुसार भौगोलिक जानकारी नहुँदा पनि अधिकांश पर्यटक आफूखुसी पदयात्रा र भ्रमणमा जाँदा बेपत्ता हुनेको संख्या बढेको छ।

पर्यटन बोर्डका अनुसार आव २०६७÷६८ देखि २०७३÷७४ सात वर्षमा नेपाल आएका ९ लाख ५५ हजार ८ सय २१ पर्यटकमध्ये २५ प्रतिशत पर्यटक आफूखुसी घुम्न गएका थिए। पर्यटन ऐन २०३५ र पदयात्रासम्बन्धी कानुनमा अनिवार्य गाइड लिएर जानुपर्ने व्यवस्था नहुँदा आफूखुसी घुम्ने गरेको टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)का अध्यक्ष कर्ण घलेले बताए। पर्यटकको घुम्ने उद्देश्यबारे राज्यले अनुगमन नगर्दा र गाइड लानुपर्ने बाध्यकारी व्यवस्था नगर्दा बेपत्ता हुने क्रम बढेको गाइडहरू बताउँछन्। यसबाट गैरकानुनी गतिविधि बढेको दाबी उनीहरूको छ।

‘दक्ष गाइड उत्पादन भइसकेका छन्। पारि श्रमिक बढाउनुपर्छ भन्ने माग होइन, गाइडको पेसा नै सरकारले संकटमा पारेकाले नीतिगत व्यवस्था गर्नुपर्छ’, अध्यक्ष घलेले सरकारसँग माग गरे। बोर्डका अनुसार भित्रिएकामध्ये ७ लाख २२ हजार ६ सय १६ पर्यटक ट्रेकिङ एजेन्सीमार्फत गाइड लिएर घुम्न गएका छन् भने २ लाख ३३ हजार २ सय ५ पर्यटक बिनागाइड आफूखुसी घुम्न गएका छन्। आव २०७२÷७३ मा आएका मध्ये ३० प्रतिशत र २०७३÷७४ मा २६ प्रतिशत पर्यटक आफूखुसी घुम्न गएका थिए। आरोहण र निषेधित क्षेत्रमा अध्यागमन विभागको अनुमति लिनुपर्ने बाहेकका पर्यटकीय क्षेत्रका गन्तव्यमा पर्यटक एक्लै घुम्न जाने गरेको पाइएको छ।

बेपत्ता हुने क्रम बढ्यो

प्रहरीका अनुसार ५ वर्षयता ६२ जना विदेशी पर्यटक बेपत्ता भएका छन्। प्रहरीका अनुसार २०६९÷७० मा ८ जना, २०७०÷७१ मा १२ जना, २०७१÷७२ मा १२ जना, २०७२÷७३ मा १४ जना र २०७३÷७४ मा १६ जना बेपत्ता भएका छन्।

लाङटाङ क्षेत्रमा पदयात्राको अनुमति लिएर हिँडेका २१ बर्से ताइवानी लाइङ सिङ युन र १९ वर्षीया लिउ चेन चुन २०७३ फागुन २० मा बेपत्ता भए। ५५ दिनपछि धादिङको जंगलमा उनीहरूलाई एक जना जीवित र एक जना मृतावस्थामा भेटियो। लाङटाङ क्षेत्रकै पदयात्रामा हिँडेका डेनमार्कका २६ बर्से मार्टिन अडसेन ओभरगार्ड २०७३ फागुन २३ मा बेपत्ता भए, फेला परेका छैनन्। आव २०७१÷७२ मा १ सय ६२ जना, २०७२÷७३ मा १३ जना र २०७३÷७४ मा ३२ जना गरी ३ वर्षमा २ सय ७ जना विदेशी पर्यटकको मृत्यु भएको छ। तीमध्ये १ सय ४० जना पुरुष छन् भने ६७ जना महिला छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.