'सरकारमा जानु गल्ती'

'सरकारमा जानु गल्ती'

बनेपा : राप्रपाका अध्यक्ष कमल थापाले आफू पटक पटक र सबैको सरकारमा जानु गल्ती भएको बताएका छन् । पटक पटक सरकारमा जाँदा जनताबाट पार्टीको विश्वासनीयता घटेकाले गत चुनावमा निराशाजनक परिणाम भोगेको उनले बताएका हुन् ।

काभ्रेको धुलिखेलमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शनिबार अध्यक्ष थापाले भने, ‘जनताले हिन्दु राजसंस्था चाहे पनि पार्टी पटक पटक सबै दलको सरकारमा समावेश हुनु ठुलो गल्ती भयो ।’ उनले अबदेखि त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिवद्धता व्यक्त गरे । उनले थपे, ‘सरकारमा जानुको उद्देश्य संविधानमार्फत राजसंस्था र हिन्दु राष्ट्र कायम गर्ने थियो तर स्वदेशी तथा विदेशी शक्तिले राप्रपा पटक पटक सरकारमा गएर पनि एजेण्डा नै बिर्सिएको भन्ने गलत भ्रम फैलाइयो । त्यसैले चुनावी परिणाम राम्रो आउन सकेन ।’

अध्यक्ष थापाले स्वदेशी र विदेशी शक्तिको आडमा पैसा खर्च गरेर दसौं लाख जनताको धर्म परिवर्तन गराएकोप्रति आपत्ति जनाउँदै धार्मिक हिंसा मच्चाएर मुलुकलाई विखण्डनतर्फ धकेलेको आरोप लगाएका छन् । ‘मुलुकमा हिन्दु र बौद्ध धर्मावलम्वी ९५ प्रतिशतभन्दा बढी छन् तर सीमित वर्ग र जातिको स्वार्थको लोभमा परेर बहुसंख्यकको धर्मलाई अपमान गर्दै हिंसा मच्चाउन केही विदेशी र स्वदेशी दलालहरू लागेका छन्’, उनले थपे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.