‘रक क्लाइम्बिङ’ विस्तार अभियानमा आङ पासाङ

‘रक क्लाइम्बिङ’  विस्तार अभियानमा आङ पासाङ

काठमाडौं : दुई दशक अघिसम्म नेपालमा रक क्लाइम्बिङको खासै अभ्यासनै थिएन । छिटफूटरुपमा विदेशीहरुले निर्माण गरिदिएका रुटहरु प्रयोग गरी क्लाइम्बिङ गर्ने गरिन्थ्यो । नेपाल भित्रिने एडभेन्चर पर्यटकहरु रक क्लाइम्बिङको सम्भावना धेरै रहेको भन्ने गर्थे । आफूसँग पदयात्रामा रहेका पर्यटकको भनाई अनुसारनै पर्यटकको मोहलाई पूर्णता दिन निजी लगानीमै रुट विस्तार शुरु भयो । 

२२ बर्ष अघिदेखि ट्रेकिङ पेसामा आवद्ध रहेका खिजिदेम्वा– ५ ओखलढुङगाका आङ पासाङ शेर्पाले लाखौ खर्चेर नागार्जुनको रक क्लाइम्बिङ गर्ने ८ देखि १९ सम्मको ११ वटा रुट निर्माण गरे । उनीसँगै होल्याण्डका उनका साथी होरी र्वनले पनि रुट निर्माण गर्न सहयोग गरेका थिए । 

अहिले एडभेन्चर पर्यटकका लागि मात्र नभएर नेपालीहरुका लागि समेत रक क्लाइम्बिङ रोजाइको बिषय बन्ने गरेको छ । पिके एभरेष्ट भ्यू ट्रेकिङ एण्ड एक्सपीडिसन कम्पनी स्थापना गरेर १८ बर्ष अघिदेखि रक क्लाइम्बिङ विस्तारको अभियानमा छन् । मेरापिक, आइस्ल्याण्ड, पक्च्यर्मु लगायतका आधादर्जन साना हिमाल आरोहण र पदयात्रामा गाइडको भूमिकामा काम गर्दै आएका उनी पछिल्लो समय नेपाल पर्वतारोहण संघ, नेपाल पर्वतारोहण प्रशिक्षक संघसँग सहकार्य गरी थप सम्भावित क्षेत्रमा रक क्लाइम्बिङको रुट निर्माण गर्ने तयारी समेत थालेको बताए । 

केही अघिसम्म रुट भएकाले पर्यटक र रक क्लाइम्बिङ गर्ने सम्भव थिएन । सय मिटरसम्म अग्लो र प्राविधिक रुपमा कठिन रहेको रुट निर्माण पछि रक क्लाइम्बिङ गर्नेका लागि सहज र सहयोग पुगेको उनको भनाई छ । पछिल्लो समय पर्वतारोहण पथ प्रर्दशकले समेत अनिवार्य रक क्लाइम्बिङ गर्नु पर्ने व्यवस्था छ भने पर्वतारोहण क्षेत्रमा जानेका लागि पहिलो अभ्यासनै रक क्लाइम्बिङ हुन आउछ । हिमालै हिमालको देश भनेर चिनिने नेपालमा रक क्लाइम्बिङ अनिवार्य जस्तै भएकाले प्रत्येक प्रदेश र जिल्लामा विस्तार गर्नुपर्ने आवस्यकता भएको रक क्लाइम्बिङ अभियान्ता आङ पासाङ शेर्पाले बताए । 

वालाजुको नागार्जुनमा नीजि खर्चमा ११ वटा रुट निर्माण गर्ने आङपासाङ शेर्पालाई प्रसंसापत्र प्रदान गर्दे संस्कृति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री धनबहादुर बुढा ।

अन्य विकसीत मुलुकमा प्राकृतिक रुपमा रक नहुदाँ कृतिम वाल निर्माण गरेर गरिने गरिन्छ । तर वालमा अभ्यास गर्दा प्राकृतिक रकमा जस्तो नहुने भएकाले नेपालमै आएर पर्यटकहरु रक क्लाइम्बिङ गर्न रुचाउने गरेको उनको अनुभव छ । 

क्याराविनर, हार्डनेस, हेलमेट, चश्मा, डोरी, रक चक, रक सुजको सहयोगमा ढुङगै ढुङगा भएको भीर चढ्नु पर्ने हुन्छ ।
सरकारले दुई बर्षभित्र २० लाख पर्यटक भित्राउने लक्ष्य राखेसँगै सीमित स्थानमा मात्र गरिदै आएको रक क्लाइम्बिङ विकास गरी सहासिक क्षेत्रमा आउने पर्यटकको संख्या थप गर्ने अभियान थाल्नु पर्छ । संस्कृति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री धनबहादुर बुढाले संख्या मात्रै नभएर गुणस्तरीयतामा पनि ख्याल गर्नु पर्छ । सहासिक क्षेत्रमा आउनेलाई थप आकर्षित बनाउने खालका योजना समेत सरकारले ल्याउने तयारी थालेको उनले बताए । 

‘विदेशीहरु बढी रक क्लाइम्बिङ गर्न रुचाउने गर्छन, डोरीकै सहायताले सय मिटरसम्मको अग्लो भीर चडेर फर्केने गर्नाले सक्षमता विकास हुने गर्छ । नेपालमा नगरकोट, वालाजुको नागार्जुन, तनहुँको विमलनगर, हात्तिवन, सोलुखुम्वुको थामेमा मात्र रक क्लाइम्बिङ गरिदै आएको छ । क्लाइम्बिङले साहसिक खेल भएकाले शारीरिक स्फुर्ती, सक्षमता बढाउने, डिप्रेसनबाट बच्ने, समस्या खेप्न सक्ने, आफूलाई चुनौति दिन सक्ने भएकाले सफल जीवन बिताउन सहयोग पुग्ने नेपाल पर्वतारोहण प्रशिक्षक संघका अध्यक्ष लाक्पा शेर्पाले बताए । रक क्लाइम्बिङको विकासमा सरकारले लगानी नगरेको र ध्यान नदिएकाले निजी क्षेत्रबाट यसको विकास हुदै आएको छ । खतराबाट बच्न, क्लाइम्बिङ गर्नेहरुबाट उद्धारमा सहयोग पुग्ने गर्छ । दुई बर्ष पछि जापानमा हुने ओलम्पीक खेलमा समेत रक क्लाइम्बिङको प्रतियोगिता हुने भएको छ । यसमा नेपालका तर्फबाट समेत सहभागिता जनाउने तयारी सुरु गरेको छ । एडभेन्चरमा जाँदा रक क्लाइम्बिङको ज्ञान नभए सम्भावना हुदैन । क्लाइम्बिङ विदेशी मात्र नभएर स्वदेशी पर्यटकको रोजाइमा पर्न थालेको छ । 
 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.