नेपालद्वारा अफगानिस्तानसामु १९० रनको चुनौती, पवन एक्लैले हाने ७८ रन
काठमाडौं ः भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को निमन्त्रणामा एकिदवसीय क्रिकेट खेल्न भारत गएको नेपालको यू–१९ टोलीले अहिले अफगानिस्तानको यू–१९ टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ । पहिले ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई जितका लागि १९० रनको लक्ष्य दिएको छ ।
एकाना अन्तराष्ट्रिय क्रिकेट मैदान लखनउमा भएको खेलमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको थियो । नेपाली यू–१९ टोलीले ४९.३ आभेरमा सबै विकेट गुमाउँदै १८९ रन बनायो । पवन सर्रार्फ एक्लैले नेपालका लागि ७८ रन बनाए । ९६ बलको सामना गरेका पवनले १० चौका र १ छक्का प्रहार गरी अविजित रहे ।
नेपालको सुरुवाती ब्याटिङ निकै खराब थियो । ४.३ ओभरमा ७ रन बनाउदा ३ विकट गुमाएर दयनीय अवस्थामा पुगेको नेपालको इनिङ लोकेश बम र सन्दीप जोराले १४ ओभरमा ५४ रन पु¥याए । त्यसपछि ३१ बलमा २८ रन बनाएर सन्दीप जोरा आउट भए । त्यसलगतै ६० रन पुग्दा लोकेश बम पनि आउट भए । भीम सार्की र पवन सर्राफले ३० रनको साझदारी गर्दै २२.४ ओभरमा ९० रन पु¥याउदा छैटौं विकेटको रुपमा भीम सार्की आउट भए ।
आठौं विकेटका लागि पनव र रसिद खानले ६५ रनको सािझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनाउन सक्यो । रसिद २४ रन बनाए । १८१ रन हुँदा आठौं विकेटको रुपमा रसिख आउछट भएपछि थप ८ रन बनाउँदा नेपालको बाँकी २ विकेट गुम्यो ।
यसअघि नेपाली यू -१९ टोली बुधबार भएको पहिलो खेलमा भारतको राष्ट्रिय एकेडेमी टोली ‘इन्डिया यू–१९ बीसँग ४० रनले पराजित भएको थियो । शुक्रबार इन्डिया-१९ 'ए'सँग ८ विकेटले परािजत भएको थियो ।