टेलिकमले इन्टरनेटको मूल्य घटायो

टेलिकमले इन्टरनेटको मूल्य घटायो

काठमाडौँः सरकारी सञ्चार प्रदायक नेपाल टेलिकमले इन्टरनेटको मूल्य घटनाएको छ । टेलिकमले यही असोज १ गतेदेखि लागू हुने गरी इन्टरनेटको मूल्य घटाएको हो ।

यसअघि उलब्ध हुँदै आएको न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन उपलब्ध अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको उपलब्ध हुने भएको छ । 

टेलिकमका अनुसार हाल २५६ केबीपीएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकहरुको समयावधि सकिएपछि स्वतः ५१२ केबीपीएसमा अपग्रेड हुनेछ । नयाँ महसुल दर पनि त्यही मितिदेखि लागू हुने टेलिकमले जनाएको छ । 

यसका साथै ५१२ केबीपीएसको महसुल दर प्रतिमहिना १ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । त्यसैगरी १ देखि १० एमबीपीएसको प्रति एमबीपीएस २ हजार ७ सय, ११ देखि १०० एमबीपीएसको प्रति एमबीपीएस २ हजार ४ सय र १०० एमबीपीएस भन्दा माथिको महसुल दर प्रतिएमबीपीएस २ हजार १ सय रुपैयाँ तोकिएको टेलिकमले जनाएको छ । यसमा कर भने जोडिएको छैन । 

त्यसैगरी असोज १ देखि आगामी मंसिर २९ गतेसम्म ९० दिन वाइम्याक्समा अनलिमिटेड डाटा प्याकेजसहित विभिन्न प्याकेज उपलब्ध गराइने भएको छ । यस अन्तर्गत अनलिमिटेड डाटामा थप कर लाग्ने छैन भने भोल्युम बेस्ड प्याकेजमा थप कर लाग्ने छ । 

त्यसैगरी ब्यक्तिगत प्रयोगकर्तालाई ५१२ केबीपीएस स्पिडको अनलिमिटेड डाटा भोल्युम १५ सय रुपैयाँमा उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस प्याकेज चलाउने समयावधि एक महिना हुनेछ । गाउँपालिकाका लागि यही क्षमताको प्याकेज एक हजार रुपैयाँमा उपलब्ध गराइने भएको छ । 

त्यसैगरी २ एमबीपीएससम्मको वाइम्याक्सको विभिन्न भोल्युम बेस्ड प्याकेज उपलब्ध गराइने भएको छ । यस अनुसार १५ दिनका लागि ५ सय रुपैयाँमा १० जीबी, १ महिनाका लागि १ हजार रुपैयाँमा २० जीबी, ३ महिनाका लागि ३ हजार रुपैयाँमा ७० जीबी र ६ महिनाका लागि ६ हजार रुपैयाँमा १७५ जीबी भोल्युम उपलब्ध गराइने छ । 

त्यसैगरी १ वर्षका लागि १२ हजार रुपैयाँमा ५०० जीबी र २० हजार रुपैयाँमा १ हजार जीबी प्याकेज तथा १ वर्षे कर्पोरेट प्याकको रुपमा ३५ हजार रुपैयाँमा २३०० जीबी प्याकेज उपलब्ध गराइने टेलिकमले जनाएको छ । 

    टेलिकमले वाइम्याक्सका लागि आवश्यक डिभाइस यूएसबी डोंगलसहित बन्डलिङ गरेर पनि प्याकेज उपलब्ध गराउने भएको छ । यस अनुसार १ वर्षका लागि ६ हजार रुपैयाँमा २५० जीबी भोल्युम उपलब्ध गराइने भएको छ । यस अन्तर्गत यूएसबी डोंगल निःशुल्क उपलब्ध गराइने छ । 

यसैगरी संविधान दिवस २०७५’ को अवसरमा कम्पनीले ‘कन्स्टिच्युसन प्याक २०७५’ अफर ल्याएको छ ।  असोज १ देखि १५ गतेसम्म करसहित १८ रुपैयाँमा मा त्यो प्याक खरिद गर्न सकिने भएको छ । प्याक खरिद गरेपछि ७० मिनेट सम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस गर्न वा डाटा चलाउन सकिने भएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.