काम खोजिरहनु भएको छ ?
के तपाईं कामको खोजीमा हुनुहुन्छ ? गरिरहनु भएको कामबाट असन्तुष्ट पनि हुन सक्नुहुन्छ । यसमा तपाईंको अनुभव, योग्यता आदि बाधक बनेको हुन सक्छ अथवा तपाईं अलमलमा पनि हुनुहुन्छ कि ? काम कसरी खोज्ने भन्ने समस्या समाधानका लागि यहाँ केही टिप्स दिइएके छ ।
हिजोआज धेरैजसो निजी कम्पनी, सरकारी निकायका जानकारी तथा विज्ञापनहरू अनलाइनमा भेटिन्छन् । यसकारण पनि तपाईंले इन्टरनेट राम्रोसँग चलाउन जान्नैपर्छ । त्यति मात्र नभएर इन्टेरनेटमा काम कसरी खोज्ने भन्नेबारेमा समेत सिक्नुपर्छ ।
सोसल मिडियामा अवलोकन
धेरैजसोले सोसल मिडियालाई केवल मनोरञ्जनका लागि प्रयोग गरिरहेका हुन्छन् । यसले उनीहरूको समय मात्र बर्बाद हुन्छ । सोसल मिडियामा आफूलाई काम लाग्ने कुरा धेरै हुन्छन् तर त्यसबारे जान्न आवश्यक छ ।
अनुभव साटासाट गर्नुुहोसकाम कहाँ पाइन्छ भन्ने बारेमा अनुभवीहरूसँग कुराकानी गर्नुुपर्छ । अवकाश प्राप्त कर्मचारी, शिक्षक, प्राध्यापक आदिलाई यसबारे धेरै जानकारी हुन्छ । साथै उनीहरूबाट चिनजानका आधारमा सामान्य भनसुनसमेत हुन सक्छ ।
सरकारी जागिरबारे जानकारी
हिजोआज सबैजसो सरकारी जागिरको परीक्षा लोकसेवा आयोगले लिने गरेको छ । त्यसकारण लोकसेवा आयोगजस्ता परीक्षा लिने संस्थाको बेभसाइट सूचना आदिबारे जानकारी लिनैपर्ने हुन्छ । यसले पनि जागिरको लागि क्षेत्र फराकिलो पार्छ ।
हरेश नखानुहोसकसैकसैको बानी छोटो समयमा ठूलो उपलब्धिको आशा गर्ने हुन्छ । जागिर खोज्ने मान्छेले आत्तिइहाल्नु हुँदैन । अवसरहरूको खोजीमा निरन्तर डटिरहनुुपर्छ ।
गरिरहेको काम नछाड्नुहोसनयाँ अवसरको प्रस्ताव आउनासाथ गरिरहेको काम छाड्नुु ठीक होइन । नयाँ संस्थाको नयाँ काममा बानी पर्न गाह्रो हुन्छ । त्यसकारण पनि कार्यरत काम र कार्यालयलाई चटक्कै छाडिहाल्नु हुँदैन ।