प्रदेश-१ ले संविधान दिवस तीन दिनसम्म मनाउने

प्रदेश-१ ले संविधान दिवस तीन दिनसम्म मनाउने

विराटनगर : प्रदेश- १ सरकारले 'संविधान दिवस-२०७५' लाई तीन दिनसम्म मनाउने निर्णय गरेको छ। मुलुक संघीय संरचनामा गइसकेपछि प्रदेश सरकारले पहिलो पटक दिवस मनाउँदै छ। दिवसलाई भव्यरुपमा मनाउनका लागि प्रदेशका मुख्य मन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले पाँच सय एक सदस्यीय मूल समारोह समिति गठन गरेको छ।

प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयद्धारा सोमबार आयोजित कार्यक्रममा मंगलबार, बुधबार र बिहीबार गरेर तीन दिन सम्म विविध कार्यक्रम गरेर संविधान दिवस मनाउने तयारी गरिएको जानकारी गराइयो।

संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा भव्यताका साथ मनाउन राजनैतिक दल, कर्मचारी, सामाजिक संघ संस्था, उद्योगी, व्यापारी, प्राध्यापक, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पेशाकर्मी, खेलाडी, युवा, ज्येष्ठ नागरिक, महिला, नागरिक समाज एवं प्रदेशवासीलाई सरकारले आह्वान गरेको छ। 

जननिर्वाचित संविधासभाबाटै संविधान निर्माण गर्ने र शासन व्यवस्था संचालन गर्ने ७० वर्ष अगाडि देखिको नेपाली जनताको चाहना पूरा भएको दिनका रुपमा संविधान दिवस मनाइने प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए।उनका अनुसार मंगलबार प्रदेशको अस्थायी राजधानी विराटनगर भित्रका सबै सरकारी कार्यालय, महानगरपालिकाले आ-आफ्नो कार्यालय र क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झण्डा एवं व्यानर सजाई नगरको श्रृङ्गार र सरसफाइ गरिने छ। त्यस्तै सरकारी कार्यालय परिसर र घरघरमा दिपावली तथा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु पनि गरिने उनले बताए। 

बुधबार सूर्योदयका साथ प्रहरीले विगुल बजाउने कार्यक्रम छ। मन्त्री कार्कीका अनुसार राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि जीवन उत्सर्ग गर्ने ज्ञात, अज्ञात सहिदहरु प्रति उच्च सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न मठ, मन्दिर, मस्जिद, विहार, गुरुद्धार, चर्च लगायतका स्थानहरुमा पूजापाठ र प्रार्थनाको कार्यक्रम पनि गरिने छ। विराटनगर स्थित सहिद रंगशालामा नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा नेपाल स्काउट र विद्यार्थीले मार्च पास गर्ने छन्।

विभिन्न जातजातिको भेषभुष र संस्कृति झल्कने सांस्कृतिक झाँकी प्रदर्शन पनि गरिने जानकारी कार्कीले दिए।बिहीबार नेपालको संविधानको सन्दर्भलाई पारेर हाजिरीजवाफ र बक्तृत्वकला प्रतियोगिता गरिने र साँझ दिपावली गरिने उनको भनाइ छ। विभिन्न प्रतियोगितामा विजयी हुनेहरु तथा उत्कृष्ट झाँकी समूहलाई पुरस्कारको व्यवस्था समेत गरिएको जानकारी मन्त्रालयले दिएको छ। 

'संविधान दिवसको सन्दर्भ पारेर प्रदेश सरकारले गर्न लागेको कार्यक्रम पहिलो अभ्यास हो,' मन्त्री कार्कीले भने, 'संविधान हामी सबैको हो भन्ने अनुभूति आम नागरिकमा गराउने हिसावमा यसलाई राष्ट्रिय दिवसका रुपमा मनाइने छ।' उनले जनताले पूर्ण रुपमा विश्वास गरिनरहेको र जनता पर्ख र हेरको स्थितीमा रहेका कारण विश्वास दिलाउने हिसावमा प्रदेश सकार अघि बढिरहेको दावी गरे। 

संविधानको विरोध र कानुन विपरित कार्य गर्ने छुट कसैलाई पनि नभएको कार्कीले स्पष्ट पारे। राष्ट्र हित विरोधी गतिविधी गर्नेमाथि कडाई गर्ने र संविधानको विरोध गर्नेलाई कानुनी कारवाही गरिने उनको भनाइ छ। राष्ट्र र राष्ट्रियता विरोधीलाई अन्य मुलुक जानका लागि राहदानी समेत नदिने कानुन बन्दै गरेको जानकारी मन्त्री कार्कीले दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.