राजमार्ग छेउका घर टहरा भत्काईंदै

राजमार्ग छेउका घर टहरा भत्काईंदै

बनेपा : अरनिको र बिपी राजमार्गको मापदण्डभित्र परेका घरटहरा र फुटपाथ सोमबारदेखि हटाउन थालिएको छ। काभ्रेको धुलिखेल नगरपालिका ७ देखि राजमार्गको मापदण्डभित्र पर्ने सबै घरटहरा हटाउन सुरु गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए।

धुलिखेल नगरपालिका र धुलिखेल सिन्धुली बर्दिवास सडक कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्यवमा प्रशासनले सडकको दायाँ बायाँ रहेको घरटहरा हटाउने कार्य सुरु गरेको उनको भनाइ छ। ‘बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न बिपी राजमार्गको दायाँ बायाँ मापदण्डभित्र रहेका घरटहरा र संरचना हटाउने काम सुरु गरेका हौं’, उनले थपे, ‘दोस्रो चरणमा केही दिनमै अरनिको राजमार्गस्थित बनेपा नगरपालिका खण्डमा मापदण्ड बाहिर रहेका संरचना हटाउने छौं।’

सडक विभागअन्तर्गत सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली बर्दिवास सडक आयोजनाले मापदण्ड विपरितका संरचना हटाउन जिल्ला प्रशासन कार्यलय काभ्रेलाई भदौ १८ गते पत्राचार गरेको थियो। ‘सोही अनुरूप हामीले स्थानीय सरकार र प्रभावितलाई मापदण्डभित्र रहेको घरटहरा हटाउन जानकारी गराएको थियो’, उनले भने, ‘तर अटेर गरेर बसेकाहरूको भत्काएका हौं।’

राउतका अनुसार, सोमबार बिपी राजमार्गको धुलिखेलदेखि काभ्रेभञ्ज्याङसम्म राजमार्गको दायाँ बायाँ १५÷१५ मिटरमा रहेका घरटहरा र विभिन्न संरचना हटाइएको हो। सडक डिभिजन कार्यालय भक्तपुरले पनि अरनिको राजमार्गभित्र पर्ने संरचना हटाउन बारम्बार सूचना प्रकाशन गर्दै आएको छ। राजमार्गमा पर्ने धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध, नगरपालिका र रोशी गाउँपालिकाले नेपाल थोकसम्मका राजमार्ग दायाँ बायाँ १५÷१५ मिटरभित्र रहेका पाँच सय घरटहरा होडिङबोर्ड र विभिन्न संरचना हटाउनुपर्ने सडक आयोजनाका निमित उपप्रमुख राकेश महर्जनले जानकारी दिए।

‘पहिलो चरणमा बिपी राजमार्गको काम सकेर अरनिको राजमार्गको मापदण्डभित्र पर्ने संरचना हटाउँछौं’ महर्जनले थपे, ‘सोमबार धुलिखेलदेखि काभ्रेभञ्ज्याङ सम्मका मापदण्डमा पर्ने संरचना हटाएका छौं।’ बिपी राजमार्ग हुँदै दैनिक हजारौं साना तथा ठूला गाडी राजधानीबाट पूर्वका एक दर्जन जिल्लामा आवतजावत गर्ने गरेका छन्। सरकारले अरनिको राजमार्गस्थित सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक खण्ड चार लेनको बनाउने बताए पनि हालसम्म काम सुरु गरेको छैन।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.