काम खोजिरहनु भएको छ ?

काम खोजिरहनु भएको छ ?

के तपाईं कामको खोजीमा हुनुहुन्छ ? गरिरहनु भएको कामबाट असन्तुष्ट पनि हुन सक्नुहुन्छ। यसमा तपाईंको अनुभव, योग्यता आदि बाधक बनेको हुन सक्छ अथवा तपाईं अलमलमा पनि हुनुहुन्छ कि ? काम कसरी खोज्ने भन्ने समस्या समाधानका लागि यहाँ केही टिप्स दिइएके छ।


रुचिबारे प्रष्ट हुनुहोस्

आफ्नो रुचिअनुसारको काम नपाएर चिन्तित हुनेको संख्या धेरै छ। यति हुँदाहुँदै पनि रुचि प्रष्ट नभएर वा आफ्नो क्षमतासँग मेल नखाएर अलमल हुन सक्छ।

हिजोआज धेरैजसो निजी कम्पनी, सरकारी निकायका जानकारी तथा विज्ञापनहरू अनलाइनमा भेटिन्छन्। यसकारण पनि तपाईंले इन्टरनेट राम्रोसँग चलाउन जान्नैपर्छ। त्यति मात्र नभएर इन्टेरनेटमा काम कसरी खोज्ने भन्नेबारेमा समेत सिक्नुपर्छ।

सोसल मिडियामा अवलोकन

धेरैजसोले सोसल मिडियालाई केवल मनोरञ्जनका लागि प्रयोग गरिरहेका हुन्छन्। यसले उनीहरूको समय मात्र बर्बाद हुन्छ। सोसल मिडियामा आफूलाई काम लाग्ने कुरा धेरै हुन्छन् तर त्यसबारे जान्न आवश्यक छ।

अनुभव साटासाट गर्नुहोस्

काम कहाँ पाइन्छ भन्ने बारेमा अनुभवीहरूसँग कुराकानी गर्नुपर्छ। अवकाश प्राप्त कर्मचारी, शिक्षक, प्राध्यापक आदिलाई यसबारे धेरै जानकारी हुन्छ। साथै उनीहरूबाट चिनजानका आधारमा सामान्य भनसुनसमेत हुन सक्छ।

सरकारी जागिरबारे जानकारी

हिजोआज सबैजसो सरकारी जागिरको परीक्षा लोकसेवा आयोगले लिने गरेको छ। त्यसकारण लोकसेवा आयोगजस्ता परीक्षा लिने संस्थाको वेबसाइट सूचना आदिबारे जानकारी लिनैपर्ने हुन्छ। यसले पनि जागिरको लागि क्षेत्र फराकिलो पार्छ।

हरेश नखानुहोस्

कसैकसैको बानी छोटो समयमा ठूलो उपलब्धिको आशा गर्ने हुन्छ। जागिर खोज्ने मान्छेले आत्तिइहाल्नु हुँदैन। अवसरहरूको खोजीमा निरन्तर डटिरहनुपर्छ।

गरिरहेको काम नछाड्नुहोस्

नयाँ अवसरको प्रस्ताव आउनासाथ गरिरहेको काम छाड्नु ठीक होइन। नयाँ संस्थाको नयाँ काममा बानी पर्न गाह्रो हुन्छ। त्यसकारण पनि कार्यरत काम र कार्यालयलाई चटक्कै छाडिहाल्नु हुँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.