प्रदेश सरकारमाथि अनावश्यक प्रहार : मुख्यमन्त्री पोखरेल

प्रदेश सरकारमाथि अनावश्यक प्रहार : मुख्यमन्त्री पोखरेल

बुटवल :  ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुलुकमा संक्रमण निम्त्याइरहन चाहनेले प्रदेशमाथि प्रहार गर्न थालेको बताएका छन्। संघीयता कार्यान्वयनमा आएको छ महिना बित्न नपाउँदै प्रदेश सरकारमाथि अनावश्यक प्रहार भइरहेको उनले बताएका छन्।

मंगलबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले स्थानीय तह र संघीय सरकारका कामका विषयलाई लिएर प्रदेश सरकारको अहिल्यै औचित्य खोज्नु पूर्वाग्रहबाहेक अरु केही नभएको बताए। प्रदेशले गरेका काममा जनताले प्रश्नै नउठाएको उनको दावी छ । उनले यस्तो गलत प्रचारमा कतिपय मिडियाहसहित बौद्धिक जगत नै लागेको आरोप लगाए।

'प्रदेश सरकारले गरेको काममा जनताले असुन्तुष्टी जनाएकै छैनन्, तर पनि प्रदेशलाई नै जोडिएको छ, उनले भने-' यो आग्रहबाहेक अरु केही होइन।'  मुख्यमन्त्री पोखरेलले कतिपयले संघीयता महंगो रहेको भन्दै समृद्धिको आकांक्षा पूरा गर्नमा समस्या उत्पन्न गरेको प्रचारमा लागेको बताए। साढे दुई सय वर्षको एकात्मक शासनले दिएको फलको विषयमा चर्चा नगरी छ महिना चल्दै गरेको संघीयताको विषयमा निष्कर्ष निकल्नु तर्कसंगत नरहेको उनले बताए।

'अढाईसय वर्षसम्म चलेको एकात्मक शासन व्यवस्थाले के फल दियो, त्यसको निष्कर्ष निकालिएको छैन, अहिले भर्खर कान्र्यावयनमा आएको संघीयताको औचित्य खोज्ने ? यो अझै बेला भएको छैन, उनले भने।

मुख्यमन्त्री पोखरेलले मुलुक समृद्धिको निकै नजिक रहेकाले सकारात्मक परिवर्तनलाई पछ्याउदै जानुपर्ने आवश्यकता रहेको औल्याए। तीन प्रतिशतको आर्थिक वृद्दिदर आठ प्रतिशतमा पुग्दा समेत मुलुकमा केही भएन भन्दै प्रचारमा लाग्नु गलत भएको उनको टिप्पणी छ।

मुख्यमन्त्री पोखरेलले सही कामको गलत व्याख्या गर्दै युरोप र अमेरिकी मुलुकले चाहेबमोजिम नेपाललाई संक्रमणमै राखिराख्ने योजनाको गोटी नबन्न समेत आग्रह गरे । भारत र चीनको आर्थिक समृद्धिमा विचलन ल्याउन युरोपियनले नेपालमा संक्रमण निम्त्याउदै द्वन्द्व गराउन खोजेको समेत बताएका छन्।

मुख्यमन्त्री पोखरेलले मिडियाले हौवाको भरमा समाचार बनाउन नहुने र त्यही समाचारका आधारमा सडक आन्दोलनमा उत्रिन आवश्यक नभएको उनले बताए। स्थानीय तहले लिएको करको विषयमा गलत प्रचार गरिएको उनको भनाइ छ। 'कर करिब सय वर्ष अघिदेखिबाट उठेको थियो, मिडियाले कहिल्यै देखेन, जनप्रतिनिधि आएपछि कर बढ्यो भनेर प्रचार गरिदिने, उनले आक्रोश पोखे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.