गण्डकी क्वार्टरफाइनलमा

गण्डकी क्वार्टरफाइनलमा

काठमाडौं : गण्डकी प्रदेश र थ्रीस्टार एकेडेमी राजधानीमा जारी पाँचौं ढोरपाटन पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।गण्डकी समूह ‘डी’को विजेता र थ्रीस्टार एकेडेमी समूह ‘सी’को विजेताका रूपमा अन्तिम आठमा पुगेका हुन्।

गण्डकी समूह चरणको अन्तिम खेलमा पाल्पालाई ३-० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बन्यो। नयाँ बसपार्कमा मंगलबार भएको खेलमा गण्डकीले पहिलो सेटमा २५-१४ को जित निकाल्यो। दोस्रो सेटमा पनि २५-१५ को सहज जित निकालेको गण्डकीले तेस्रो सेटमा २५-१९ को जित निकाल्दै तीन खेलबाट नौ अंक जोड्यो।

यो समूहबाट एक टोलीको टुंगो लाग्न बाँकी छ। अर्को खेलमा पाल्पाले धादिङलाई २५-८, २५-११, २५-८ ले पराजित गर्‍यो। यो समूहबाट चितवन टाइगर र पाल्पामध्ये एक टोलीले अन्तिम आठमा स्थान बनाउने छन्।

थ्रीस्टारले समूह चरणको अन्तिम खेलमा सूर्यदीप कलेजलाई २५-१६, २५-१३, २५-१५ ले पराजित गर्दै समूह विजेताका रूपमा अन्तिम आठमा स्थान पक्का गर्‍यो। बडीगाड गाउँपालिकाले सूर्योदय क्लबलाई ३-१ ले हरायो।

प्रतियोगिताअन्तर्गत बुधबार समूह चरणका अन्तिम खेलहरू हुनेछन्। समूह ‘बी’को अन्तिम खेलमा सूर्योदय क्लबले एपीएफको सामना गर्नेछ। ढोरपाटनले धादिङ, चितवन टाइगरले पाल्पा, सूर्यदीप कलेजले बूढानीलकण्ठ र ग्लासियर कलेजले बडीगार्ड गाउँपालिकासँग खेल्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.