बिजुली बाल्न श्रमदान
दुनै : डोल्पाको सदरमरमुकाम दूनैमा बिजुली बाल्नको लागि स्थानीयबासी,प्रहरी,नेपाली सेना र निजामति कर्मचारीहरूले श्रमदान गरिरहेका छन् । पहिरोले क्षति पुर्याएको जैरिगार वापर हाउसको नहरमा उनीहरू श्रमदान गरिरहेका छन। तीन सातादेखि पहिरोका कारण बन्द भएको नहरमा स्थानीयबासी तथा कर्मचारी अाफैं श्रमदान गर्न जुटेका हुन् ।
भारी बर्षाले पहिरो खसेपछि बिद्युत आयोजनाको को ४० मिटरको हाराहारीमा नहर भत्कीएको छ। नहर पहिरोले भत्काएपछि डोल्पा सदरमुकाम दुनैलगायत आसपासका १३ सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन। बिद्युत सेवा अवरुद्ध भएपछि स्थानीय जुटेर पहिरो पन्छाइ नहर सफा गरेको स्थानीय हिक्मत शाहीले बताए ।
'प्राधिकरणको बाटो हेरेर बसे महिनौ लाग्न सक्ने सम्भावना देखियो हामीले सक्ने जति पहिरो पन्छाएर नहर सफा गरेका छौ' स्थानीय शाहीले भने 'बाँकी प्राविधिक र आर्थिक काम प्राधिकरणले यथाशीघ्र गरोस।' अन्धकारमा बस्नु भन्दा एक-दुई दिन श्रमदान गर्नु ठीक उचित ३ न वडाका स्थानीयले श्रमदान सुरुवात गरेको वडाध्यक्ष अर्णबहादुर न्यौपानेले जानकारी दिए।
अन्य,दिनमा स्थानीयले र विदाको दिनमा राष्ट्रसेवक कर्मचारीले पनि श्रमदान गरिरहेकोप्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए। उनले भने 'अन्य दिनमा स्थानीयसँगै सेना र प्रहरीको टोलीले काम गरेको छ हामी जाहा बस्छौं त्यहीं हाम्रो घर हो भन्ने मनसाय राखेर कर्मचारीले पनि श्रमदान गरेका छन्' गप्रजिअ थापाले भने ।
स्थानीयको श्रमदानले अत्यन्त ठूलो हौसला थपेकोले विद्युत प्राधिरण पनि रातदिन लागि परेको डोल्पा वितरण केन्द्रका प्रमुख शंकर सिं ठकुरीले जानकारी दिए। प्राधिकरण जति सक्दो छिटै विद्युत सुचारु गर्ने प्रयत्नमा लागेको ठकुरीले बताए । अस्थायी रुपमा विद्युत सञ्चालन गर्नको लागि अनुमानित १० लाख बराबरको खर्च लाग्ने अनुमान गरिएको प्राधिकरणले जानकारी दिएको छ।
विद्युत नहुँदा हजारौको दैनिकीमा प्रभाव परेकाले जतिसक्दो छिटो यसलाई सूचारु गर्न लागि पर्नुपर्ने कर्णालीका कानुनमन्त्री बताए । कानुन मन्त्री नरेश भण्डारीले डोल्पा वितरण केन्द्रलाई यसबारे निर्देशन दिइएको भन्दै आफै पहिरो ग्रस्त क्षेत्रमा पुगेका मन्त्री भण्डारीले तत्काल समास्यको समाधानमा प्रदेश सरकार सहयोग गर्ने तयारी रहेको बताए ।