नक्कली चालक पक्राउ
बैतडी : बैतडीमा प्रहरीले एकजना नक्कली चालकलाई पक्राउ गरेको छ । ट्राफिक प्रहरीले सवारी चेकजाँचका क्रममा दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका बिसनदत्त जोशीलाई नक्कली सवारी चालक अनुमति पत्र सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।
किर्ते सवारी चालक अनुमति पत्र साथमा राखेर जोशीले सवारी साधन चलाइरहेको पाइएको हो । जोशीमाथि लिखित किर्ते गरेको अभियोगमा मुद्दा दर्ता भई अदालतले अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको प्रहरी निरीक्षक जोशीले बताए । पक्राउ परेका जोशीमाथि अनुसन्धान भइरहेको उनले बताए ।
जोशीले किर्ते सवारीचालक कहाँबाट प्राप्त गरेको भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । किर्ते सवारी चालक अनुमति पत्र बनाएमा ३ बर्ष कैद र ३० हजार जरीवाना हुन सक्ने कानुनी प्रावधान रहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । चालक जोशीलाई मंगलबार पक्राउ गरिएको हो ।