बीआरआईले हिमालय क्षेत्रको पूर्वाधार निर्माणमा सघाउने प्रचण्डको विश्वास

बीआरआईले हिमालय क्षेत्रको पूर्वाधार निर्माणमा सघाउने प्रचण्डको विश्वास

काठमाडौं : चीन भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वव्यापीकरण र सूचना तथा संचार प्रविधिले विश्वलाई एउटै गाउँमा रुपान्तरण गरेको बताएका छन्।

चीनको नानाजिङगमा आयोजित अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एउटा देशमा भएको प्रविधिको विकास र अन्वेषणले विश्वभरीका मानिसको जीवनलाई सहज बनाइदिएको र विश्वको एउटा भागमा भएको तीब्र र दीगो आर्थिक विकासले बाँकी विश्वका लागि समृद्धिको आशा जगाएको बताएका छन्।

साथै अध्यक्ष प्रचण्डले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)ले हिमालय क्षेत्रमा पूर्वाधार निर्माणमा सघाउने विश्वास व्यक्त गरेका छन्। साथै बीआरआई पूर्वी, मध्य र पश्चिमी नेपाललाई यातायात, ऊर्जा संयन्त्र, सेवा तथा वाणिज्यको अप्ठयारो हटाएर चीनसँग जोड्न मद्दत पुग्ने प्रचण्डको विश्वास छ।

यातायातमा सुधार तथा कनेक्टीभिटीले एकीकृत बजारका लागि सहयोग गर्नेछ र व्यापार तथा वाणिज्य विस्तार गर्न लाभ हुने बताउँदै प्रचण्डले भने,' हामी विश्वास गर्छौं कि यस्तो कनेक्टीभिटीले उत्पादकत्वमा वृद्धि ल्याउनेछ र प्रविधिको स्तरोन्ती अनि साझा समृद्धि हाँसिल गर्न दुवै देशका जनताका लागि रोजगारी सिर्जना गर्नेछ ।'

अध्यक्ष प्रचण्डले शान्ति र सुरक्षाका लागि मिलेर विकास गर्ने र समृद्ध हुने महत्वलाई अन्तर्राष्ट्रीय समुदायले व्यापकरुपमा आत्मसाथ गर्नु खुसीको कुरा भएको समेत बताएका छन्। उनले भने,' यसलाई व्यापकरुपमा स्वीकारिएको छ कि शान्तिबिना विकास हुँदैन र विकास बिना शान्ति हुँदैन। तुलनात्मक रुपमा हामी विश्वको शान्तिपूर्ण अवधिमा छौं।' अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड गत भदौ ३० गते चीन गएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.