गाउँमै एक्स–रे सेवा

गाउँमै एक्स–रे सेवा

कुस्मा : पर्वतमा पहिलोपटक सदरमुकाम बाहिरका स्वास्थ्य केन्द्रमा एक्सरे सेवा सञ्चालनमा आएको छ । जिल्लाको कुस्मा नगरपालिका १२ ठूलीपोखरीस्थित ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलोपटक एक्सरे सेवा सुरु भएको हो । ग्रामीण क्षेत्रमा पनि उपयुक्त भवन, दक्ष जनशक्ति र विद्युतको पर्याप्तता भएपछि एक्सरे मेसिन उपलब्ध गराइएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक्सरे मेसिन उपलब्ध गराएको हो भने कुस्मा नगरपालिका १२ वडा कार्यालय र नगरपालिकाले विनियोजन गरेको ५ लाख रुपैयाँको लागतमा एक्सरे कोठा, सामग्रीसमेतको व्यवस्था गरिएको छ । एक्सरे सुविधा थपिएपछि सामान्य चोटपटक लाग्दा र सामान्य परीक्षणका लागि पनि सदरमुकामको अस्पताल र पोखरा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा. विवेक भण्डारीले बताए । उनले हाडजोर्नीका ठूला समस्या बाहेक अन्य कामहरु अन्य उपचार यहींबाट दिन सकिने बताए ।

केन्द्रमा एक्स–रे गर्ने कर्मचारीको दरबन्दी नभएपनि तत्काल अन्य अनुभवी जनशक्तिबाट सञ्चालन गर्ने उनले सुनाए । सदरमुकाममा रहेको जिल्ला अस्पतालपछि दोस्रो ठूलो सरकारी स्वास्थ्य केन्द्रको रुपमा रहेको ठूलीपोखरीमा एक्सरे सेवा सञ्चालनमा आएपछि उक्त क्षेत्रका बासिन्दा खुसी भएका छन् । ‘अब हाडको शल्यक्रियाबाहेक सबै किसिमका उपचार गर्न सकिन्छ, अब सामान्य समस्याको उपचारका लागि अन्यत्र जानु पर्दैन’, स्वास्थ्य केन्द्रका डा. भण्डारीले भने ।

उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे मेसिन जडान भएसँगै कुश्मा नगरपालिकाका १२ सँगै, ९, १३, १४, मोदी गाउँपालिका ८ राम्जा, फलेबास नगरपालिका १ कार्कीनेटा, २ थापाठाना र ३ शंकरपोखरीका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् ।

उक्त एक्सरे सेवाको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले मेसिनको बटन थिचेर उद्घाटन गरेका छन् । उनले कुश्मा नगरपालिकाका सबै स्वास्थ्य संस्थालाई प्रभावकारी उपचार सेवा प्रदान गर्न नगरपालिकाले विशेष कार्ययोजना अघि सार्ने बताए । जिल्ला अस्पतालमा सबैखाले उपचार सेवा र ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीलाई पनि चौबीसै घन्टा आधारभूत स्वास्थ्य सेवा दिने गरी विकास गरिने बताए । उनले लामो समयदेखि जिल्ला अस्पतालमा रोकिएको एम्बुलेन्स सेवा पनि सोमबारदेखि सञ्चालनमा आएको बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.