चीन–अमेरिका व्यापार युद्ध २० वर्षसम्म चल्ने ज्याक माको ठोकुवा
चिनिया बहुराष्ट्रिय कम्पनी अलीबाबा ग्रुपका संस्थापक तथा मालिक ज्याक माले चीन र अमेरिकाबीच व्यापार युद्ध २० वर्षसम्म चल्न सक्ने बताएका छन् ।
पछिल्लो समय चीन र अमेरिकाबीच ब्यापार क्षेत्रमा चिस्सिँदो सम्बन्धलाई लक्षित गर्दै उनले यस्तो दाबी गरेका हुन् । ‘यो २० दिन वा २० महिनाको लडाइँ हैन,’ उनले भने, ‘यद्यपि यसले दुबै देशलाई नोक्सन पुर्याउनेछ ।’
मंगलबार उनले आफ्नै कम्पनीको एक सभाका बीच यस्तो बताएका हुन् ।
चीनबाट अमेरिका भित्र्याइने सामानमा अमेरिकाले चर्को मुल्यमा कर लगाउने भएपछि चीन र अमेरिकाबीचको सम्बन्ध थप तनावग्रस्त बनेको विज्ञहरुले बताउँदै आएका छन् ।