संविधानको विरोध गर्ने सिके राउतका दुई सय कार्यकर्ता पक्राउ

संविधानको विरोध गर्ने सिके राउतका दुई सय कार्यकर्ता पक्राउ

जनकपुर : एक मधेस एक प्रदेशको मागसहित संविधान दिवसको विरोध गर्ने सिके राउतका दुई सय बढी कार्यकर्ता पक्राउ परेका छन्।  बुधबार बिहानैदेखि संविधान दिवसको विरोध गर्दै सडक प्रदर्शनमा उत्रिएका राउतका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

‘हिडौं जनकपुर भरौं जनकपुर’ नाराका साथ अभियान चलाइरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले हस्तक्षेप गरेपछि राउतका कार्यकर्ताले जनकपुरमा बुधबार बिहान गर्ने भनेको विरोध कार्यक्रम स्थगित भएको छ । प्रहरीले बल प्रयोग गरे पनि राउतका हजार बढी कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरे। 

विरोध जुलुससहित कार्यकर्ता जनकपुरको बाह्रबिघा मैदानमा उपस्थित भएका छन् । विरोध कार्यक्रममा राउत स्वयम् उपस्थित हुने बताइएको भए पनि अहिलेसम्म उनी उपस्थित भएका छैनन्। प्रहरीले कार्यक्रममा हस्तक्षेप गरेपछि  विरोध कार्यक्रम नै स्थगित भएको छ ।

प्रदेश २ का प्रहरी डीआइजी दिनेश अमात्यले संविधान विरोधी समूहलाई पक्राउ गरेको जानकारी दिए । संविधान दिवसको अवसर पारेर जनकपुरमै राजपाका स्थानीय नेता–कार्यकर्ताले पनि विरोध जुलुस निकाल्ने तयारी गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.