संविधानको विरोधमा रुपन्देहीमा सिके राउत समूहको सभा : प्रहरी रमिते

संविधानको विरोधमा रुपन्देहीमा सिके राउत समूहको सभा : प्रहरी रमिते

 बुटवल : संविधान दिवसकै दिन स्वतन्त्र मधेसको माग गर्दै रुपन्देहीको गैडहवामा आमसभा भएको छ। सिके राउत नेतृत्वको स्वतन्त्र मधेश संगठनले आफ्ना कार्यकर्ता राममनोहर यादवको श्रद्धाञ्जलि कार्यक्रमसहित कालो संविधान भन्दै विरोध सभा गरेको हो।

राष्ट्रिय अखण्डताविरुद्धको सभा चल्दा प्रहरी भने मुकदर्शक बनेको स्थानीयले बताएका छन्। संविधान दिवसकै दिन प्रहरीको ‘सुरक्षामै’ स्वतन्त्र मधेसको विषयमा चर्को भाषण भएको हो।

सिके राउतका कार्यकर्ता यादवको केही दिन अघि बर्दियाको प्रहरी हिरासतमै उपचारको क्रममा मृत्यु भएको थियो। तर संगठनले भने यादवको हत्या गरिएको आरोप लगाएको छ।

रुपन्देही, नवलपरासी र कपिलवस्तुमा संगठन विस्तार गर्दै गइरहेको सिके राउत समूहले स्वतन्त्र मधेसको पक्षमा जनमत बनाइरहे पनि सुरक्षा निकाय कमजोर देखिएको छ। 

संगठनका रुपन्देही संयोजक भूपेन्द्र यादवले गैडहवाको सगरहवा नजिकै कार्यक्रम गरिएको बताए। कार्यक्रममा सयौंको कार्यकर्ताका सहभागी भएको स्थानीयले बताएका छन्। 

संविधान मधेस विरोधी भएको भन्दै त्यसको विरोधमा कालो दिन मनाइएको संयोजक  यादवले बताए। ‘मधेशी जनताको हितमा नभएको संविधान पूर्नलेखन हुनुपर्ने र स्वतन्त्र मधेशको माग सहित सभा गरिएको हो’, उनले भने। 

सभालाई संयोजक यादवसहित सहसंयोजक दिलिप यादव, स्वतन्त्र मधेस संघर्ष समितिका संयोजक चन्द्र शेखर सोनार, जिल्ला स्तरीय नेता विजय यादव, सञ्जय मिश्रलगायतका नेताले संवोधन गरे।

प्रहरीले दुई दिनअघि कार्यक्रमको विषयमा प्रचार गर्ने दुई कार्यकर्ता चन्द्र भुषण सोनार र रामचरण यादवलाई पक्राउ गरेको थियो। गैडहवामा चार घण्टा कार्यक्रम चरिरहदा प्रहरीले कुनै हस्तक्षेप गरेन।

इलाका प्रहरी कार्यालय सूर्यपुराका प्रहरी सहायक निरीक्षक मिनबहादुर खत्रीले कार्यक्रम बिथोलिएको बताए। ‘हामी संविधान दिवसको कार्यक्रममा थियौं, जानकारी पाउनासाथ तितरबितर पारेका हौं’, उनले अन्नपूर्णसंग भने। सभा तितरतिवर गर्न जनपथ र शसस्त्र प्रहरीको खटिएको उनको दाबी छ।

प्रहरीले कार्यक्रम बिथोलेको दाबी गरे पनि सिके राउत समूहका जिल्ला संयोजक यादवले पूर्वघोषित स्थान सगरहवामा कार्यक्रम नगरी नजिकैको चौरमा निर्धक्क कार्यक्रम भएको बताए। ‘जनताहरु हाम्रो पक्षमा छन, प्रहरीले घेरा हाले पनि सभा हुन्छ’, उनले भने।

सिके राउत समूहले रुपन्देहीमा २ सय ८० सदस्यीय जिल्ला कार्यसमिति गठन भएको जनाएको छ। त्यस्तै ५ सय जनाको युवा दस्ता तयार पारिएको यादवले जानकारी गराए। नवलपरासी र कपिलवस्तुमा संगठन बलियो बन्दै गएको उनको दाबी छ।

सिके राउत समूहले यसअघि मर्चवार क्षेत्रमा सभा गर्दै आएको थियो। रुपन्देहीको मर्चवार, धकधई, लुम्बिनी र सूर्यपूरामा बाक्लो संगठन बिस्तार गर्दै आएको छ।

रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले सिके राउत समूहको कार्यक्रम रोक्दा–रोक्दै छोटो समय भएको बताए। तीन स्थानमा रोकेका हौं, गाउँको भित्री क्षेत्रमा एउटा सभा भएको थियो। त्यसलाई पनि रोकेका हौं’, उनले भने। उनले संगठन विस्तारको काम नभएको दाबी गरे। प्रहरीले कार्यकर्ता पहिचान गरेर निगरानी गरिराखेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.