भोजपुरमा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइयो

भोजपुरमा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइयो

भोजपुर : नेपालको संविधान २०७२ लाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेसँगै संविधान दिवस २०७५ को अवसरमा भोजपुरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ। बुधबार भोजपुरमा बृहत प्रभातफेरी निकालिएको छ। सदरमुकामको जिरोप्वाईन्टदेखि बीचबजार चारभञ्ज्याङ हुँदै सहीद पार्कमा आएर र्‍याली एक कार्यक्रमका बीच समापन गरिएको थियो।

 
दिवसको अवसरमा पुष्पवृष्टिसहित सहीद नारादमुनि राई थुलुङ र रामप्रसाद राईको सालिकमा माल्यार्पण गरिएको थियो। जिल्लाका सम्पूर्ण कार्यालय प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि, उद्योग व्यावसायी, नागरिक समाजलगायत सर्वसाधरणको उपस्थिति थियो। 

पहिलो संविधान सभाले संविधान नै स्वीकृत नगरी विघटन भएपनि दोस्रो संविधान सभाले मधेश केन्द्रित दलको असहमतिका बाबजुत पनि २०७२ साल असोज ३ गते लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान जारी गरेका थियो।

मैत्रीपूर्ण फुटबल प्रतियोगिता
संविधान दिवसको अवसरमा मंगलबारबाट मैत्रीपूर्ण फुटबल खेल सुरु गरिएको छ । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधी, राजनीतिक दल, बैङ्कर्स, निजामती कर्मचारी र पत्रकारको पाँच टिम र महिला जनप्रतिनिधि र महिला निजामती कर्मचारीको टिमको सहभागिता रहेको छ। 

मंगलबार भएको पहिलो खेलमा बैङ्कर्स टीमले निजामती कर्मचारीको टोलीलाई २-१ को गोलअन्तर्गतले पराजित गर्‍यो। दोश्रो खेलमा राजनीतिक दलले जनप्रतिनिधिलाई ४-३ गोलअन्तर हरायो। प्रतियोगितामा बाई चिठ्टा टिपेको नेपाल पत्रकार महासंघलाई बैङ्कर्स टोलीले ३-१ ले हराउँदै फाइनलमा प्रवेश गरेको छ।

बुधबार हुने फाइनल खेलमा बैङ्कर्सविरुद्ध राजनीतिक दल र महिला जनप्रतिनिधिविरुद्ध महिला निजामती कर्मचारीको टोलीबीच प्रतिस्पर्धा हुने प्रायोजक भोजपुर नगरपालिकाले जनाएको छ।

बिरामीलाई फलफूल
दिवसको अवसरमा मंगलबार जिल्ला अस्पताल भोजपुरका बिरामीलाई फलफूल वितरण गरिएको थियो। उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष डम्बर श्रेष्ठको संयोजकत्वमा जिल्लाका सबै कार्यालय, संघसंस्थाका प्रमुख प्रतिनिधि, जनप्रतिनिधिलगायत सरोकारवाला निकायका पदाधिकारीको उपस्थितीमा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो। 

दिपावली गरिने
संविधान दिवस २०७५ को अवसरमा बुधबार साँझ नेपाल ट्रेड युनियनको आयोजनामा सहिदपार्कमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.