निर्मला हत्या प्रकरण : सरकारको राजिनामा माग गर्दै परासीमा प्रदर्शन

निर्मला हत्या प्रकरण : सरकारको राजिनामा माग गर्दै परासीमा प्रदर्शन

परासी : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विरोधमा बुधबार महिलाले सदरमुकाम परासीमा प्रदर्शन गरेका छन्। रामग्राम नगर अन्तरपार्टी महिला सञ्जालको आयोजनामा निकालिएको जुलुसले बजार परिक्रमा गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने भन्दै नाराबाजी गरेका थिए।

हत्यारालाई पत्ता लगाउन नसक्ने सरकारले राज्य सञ्चालन गर्न नसक्ने भन्दै उनीहरुले सरकारको राजीनामाको मागसमेत गरेका थिए। जुलुसपछि आयोजित कोणसभामा सञ्जालकी अध्यक्ष सीता कुँवरले राज्यले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन नसक्दा मुलुकमा सुशासन, न्याय र कानुनी राज्यकै उपहास भएको बताइन् । 

दुई तिहाई बहुमतको सरकार आइसकेपछि देशमा अमन चयन हुने विश्वास लिएका सर्वसाधारणले श्रंखलावद्धरुपमा बढ्दै गएको महिला हिंसाका घटनाले लोकतन्त्रकै उपहास भएको उनको भनाई थियो। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.