संविधान दिवसमा सुनकाउली र कल्कीफूल रोपियो

संविधान दिवसमा सुनकाउली र कल्कीफूल रोपियो

गुल्मी : जिल्लाको सत्यवती गाउँपालिकाले संविधान दिवसको अवसमा सुनकाउली र कल्कीफूलका विरुवा रोपेको छ। 

गाउँपालिकाले झण्डै तीन सय विरुवा रोपेको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए। ‘सुनकाउली र कल्कीफुलका वेर्ना रोप्यौं,’उनले भने,‘संविधान दिवसको अवसरमा वृक्षारोपण गरेका हौं।’

स्वच्छ, सुन्दर सत्यवती गाउँपालिका अभियान अन्र्तगत केन्द्र आसपासमा वृक्षारोपण गरी हरीयाली र सुन्दर बनाउन उद्देश्यले उक्त विरुवा रोपिएको गाउँपालिका अध्यक्ष पारीश्वर ढकालले बताए। ‘गाउँपालिका स्वच्छ बनाउने अभियान हो’,उनले भने,‘फुलका विरुवाले सुन्दरता बनाउँछ।’ 

वृक्षारोपणमा स्थानीय, जनप्रतिनीधी र कर्मचारीको उल्लेख्य उपस्थिति थियो। विरुवा जोगाउन प्रत्येक स्थानीय व्यक्तिले फलामको बार लगाउने र नियमित संरक्षण गर्ने जिम्मेवारी दिइएको भण्डारीले बताए। 

सुनकाउली र कल्कीफुलका झण्डै तीन सय बढी विरुवा ईलाका वन कार्यालय वामीले गाउँपालिकालाई उपलब्ध गराएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.