त्रिभुुवन विश्वविद्यालयको बजेट २१ अर्ब १० करोड
काठमाडौं : त्रिभुुवन विश्वविद्यालय (त्रिवि) सभाको साधारण बैठकले आव २०७५/७६ का लागि २१ अर्ब १० करोड ८० लाख १३ हजार रुपैयाँ बजेट पारित गरेको छ । बजेटमा ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार रुपैयाँ सरकारसँग अनुदान माग गर्ने र बाँकी ९ अर्ब ७९ करोड ६ लाख २८ हजार रुपैयाँ आन्तरिक स्रोतबाट बेर्होने प्रस्ताव गरिएको छ ।
मंगलबार भएको सभामा प्रधानमन्त्री एवं कुलपति केपी ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियान सार्थक बनाउने सक्षम दक्ष जनशक्ति निर्माण गर्नुपर्ने बताए । उनले देशको स्रोत साधनअनुकूल नीति र कार्यक्रम निर्धारण गरी सञ्चालन गर्न समेत त्रिविलाई सुझाव दिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको उत्पादन उत्कृष्ट हुनुका साथै राष्ट्रको आवश्यकताअनुकूल हुनुपर्ने बताए ।
उपकुलपति प्राडा.तीर्थराज खनियाँले त्रिविले देशको समस्त क्षेत्रको विकासका लागि आवश्यक जनशक्ति तयार गर्न, राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न, कला, विज्ञान, प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र अनुसन्धान व्यापक र समयसापेक्ष बनाउन स्थापनाकालदेखि नै क्रियाशील रहेको बताए ।
सभाले त्रिवि कार्यकारी परिषद्को सदस्यमा वनस्पतिशास्त्रका प्रा डा.मोहनप्रसाद पन्थी र शिक्षाशास्त्र संकायका डिन प्राडा.कृष्णप्रसाद गौतमको नामसमेत अनुमोदन गरेको छ ।