धनगढीमा पनि चालकहरु आन्दोलित, यात्रु अलपत्र

धनगढीमा पनि चालकहरु आन्दोलित, यात्रु अलपत्र

धनगढीः नयाँ मुलुकी संहिता सवारी चालकहरुको प्रतिकुल भएको भन्दै त्यसको विरोधमा धनगढीका सार्वजनिक यातायात चालक तथा मजदुरहरु पनि आन्दोलनमा उत्रिएका छन् ।

चालकहरु आन्दोलनमा उत्रिएपछि प्रदेश ७ को सार्वजनिक यातायात बन्द छन् । जसले गर्दा यात्रुहरु अलपत्र परेका छन् । असोज १ गतेदेखि नै उनीहरुले सरकारको विरोधमा आन्दोलन गर्दैआएका हुन् ।

नयाँ मुलुकी संहितामा चालकको लापरवाही देखिएमा ५ वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था गरिएकोमा त्यसको विरोध गर्दै देशका विभिन्न सहरमा यातायात चालक तथा मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनकै क्रममा सुदूरपश्चिम यातायात व्यवसायी संघले भने समन्वयको प्रयास गरेको बताएको छ । यसका अध्यक्ष पदम सापकोटाले आन्दोलन जायज भए पनि व्यवस्थित भएर आन्दोलन गर्न चालकहरुलाई आग्रह गरेका छन् । आन्दोलनमा उत्रिएका चालकहरुलाई छलफलका लागि बोलाए पनि कुनै निष्कर्ष ननिस्केको सापकोटाले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.