आयात ठप्प भएपछि राजधानीमा इन्धन अभाव : पेट्रोल पम्पमा सयौंको लाइन

आयात ठप्प भएपछि राजधानीमा इन्धन अभाव : पेट्रोल पम्पमा सयौंको लाइन

काठमाडौं : केही ट्यांकर चालकको उक्साहटमा नेपाल आयल निगम सम्बद्ध ढुुवानीकर्ताले नियमित ढुवानीमा अवरोध गर्दा राजधानीमा इन्धन अभाव सुरु भएको छ। चालकको उक्साहटमा ढुवानीकर्ताले मंगलबारदेखि ट्यांकर सञ्चालनम अवरोध गरेपछि इन्धन अभाव सुरु भएको हो।

यो विषयमा नेपाल आयल निगमले गम्भीर ध्यानाकर्षण भएको बताए पनि सरोकारवालाले निगमलाई जानकारी नै नगरी इन्धन आयतमा अवरोध गरेका हुन्। 

‘यातायातक्षेत्रमा सञ्चालिनन केही सवारी साधनका चालकको उक्साहटमा निगम सम्बन्ध ढुवानीकर्ता तथा चालकले असोज २ गतेदेखि पेट्रोलियम पदार्थको नियमित ढुवानीका कार्यमा समेत व्यवधान खडा गर्ने दुस्प्रयास गरेकोप्रति निगमको गम्भीर ध्यानाकर्षण भएको छ’, निगमले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

चालक र ढुवानीकर्ताले दुई दिनदेखि भारतबाट नेपालमा पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति ठप्प पारेपछि राजधानीमा इन्धन अभाव देखिएको हो। 

चालक र ढुवानीकर्ताको अवरोधले देखिएको इन्धन अभावको समस्या समाधानका विषयमा आयल निगममा अहिले छलफल भइरहेको प्रवक्ता वीरेन्द्रकुमार गोइतको भनाइ छ। 

‘निगमलाई जानकारी नै नगराई चालक र ढुवानीकर्ताले इन्धन आयतमा अवरोध गरेका छन्। यसले राजधानीमा इन्धन अभाव सुरु भइसकेको छ’, गोइतले भने, ‘यसै विषयको समाधानका लागि अहिले निगममा छलफल भइराखेको छ।’ 

केही समयअघि मात्र निगमको ढुवानी सम्झौतमा रहेका ट्यांकका चालकले उठाएका मागको निगमले सम्बोधन गरेको थियो । निगमले चालकको तलब भत्ता, सञ्चयकोष, ट्रिप भत्तालगायत माग पूरा गरी सोही बमोजिम पेट्रोलियम पदार्थको नियमित आपूर्ति सहज बनाउने सहमति गरेको भए पनि फेरि चालकले सम्झौता तोडेपछि इन्धन अभाव सुरु भएको हो। 
‘ढुवानीकर्ताका जायज मागका विषयमध्ये भारतमा लाग्ने टोल ट्याक्स, सरकारी शुल्क र ट्यांकर लकिङ फिटिङलगायत खर्चलाई समय अनुकुल बनाउनुपर्ने विषयमा निगम सकारात्मक रहेको र वैज्ञानिक ढुवानी भाडामा सामायोजन गरिसक्दा पनि विभिन्न बाहनामा पेट्रोलियम पदार्थको आपूतिमा निगम एवम् आम उपभोक्तालाई अप्ठेरो पर्ने गरी कार्य भएकोप्रति निगमले आपत्ति जनाएको छ ।

निनगमले माग सम्बोधन भइसकेको भन्दै चालक र ढुवानीकर्तालाई तत्काल आपूर्ति सहज र सरल राख्न आग्रह गर्दै तत्काल ढुवानी सहज नबनाए ढुवानी सम्झौता खरेजसम्मको चेतावनी दिएको छ । 

‘सम्पूर्ण ढुवानीकर्ता तथा चालकले आआफ्नो ट्यांकर पूर्णरुपले सञ्चालन गरी आम उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष्य रुपले प्रभाव पार्ने अत्यवश्यक पेट्रोलियम पदार्थको आपूर्ति सरल र सहज राख्न यो सूचना जारी गरिएको छ’, निगमले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ , ‘अन्यथा पेट्रोलियम पदार्थको आपूर्तिमा प्रतिकुल प्रभाव पर्ने गरी पिडिओ नलिने आईओसीमा लोड लिन नजाने, डिपोमा लोड लिएर आउने, विक्री वितरणमा सहयोग नगर्ने लगायत कार्य गरेको पाइएमा सम्बद्ध सबै पक्षलाई निगमको विनियमावली बमोजिम दायित्व पूरा नगरेको मानी ढुवानी सम्झौता रद्ध गरी खारेज गर्नेसम्ममको कडा कारबाही गरिने ब्यहोरा जानकारी गराइन्छ ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.