गाउँ नै पहिरोको उच्च जोखिममा

गाउँ नै पहिरोको उच्च जोखिममा

विदुर : लगातारको वर्षा र पहिरोका कारण नुवाकोटका सयौं घर उच्च जोखिममा परेका छन् । पहिरोको कारण नुवाकोट जिल्ला नै उच्च जोखिममा छ । वर्षाका कारण नुवाकोटमा विभिन्न स्थानमा गएको पहिरोले यस वर्ष व्यापक धनजन क्षति गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

हाल चार सय ५० घर पहिरोको उच्च जोखिममा रहेकोे जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताए । उनका अनुसार पहिरोले चार हजार २ सय घर परिवार प्रभावित भएका छन् । पहिरोको कारण उद्धार तथा राहतका लागि सवा करोडभन्दा बढी आवश्यक रहेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा जनाइएको छ । पहिरोको कारण नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिकामा एक सय ३० घर जोखिममा परेको छन् ।

१२ स्थानीय तहमा अविरल वर्षा

पहिरोको समस्या बढ्न थालेकोपछि नियन्त्रणका लागि दीर्घकालीन योजना तयार गरी सबै स्थानीय तहले काम गर्नुपर्ने विदुर नपाका मेयर सञ्जु पण्डितले बताए । जिल्ला प्रशासन कार्यालयका अनुसार साउनयता मात्र नुवाकोटमा पहिरो र बाढीका कारण करोड बढीको क्षति भएको छ । २१ घरमा क्षति पुगेको छ भने दुई सय ६५ घर जोखिममा परेकोले स्थानीयले राहत माग्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

जिल्ला दैवीप्रकोप उद्धार तथा विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘जिल्ला विपद पूर्वतयारी तथा प्रतिकार्य योजना’मा जिल्लामा पहिरोको जोखिम उच्च रहेको उल्लेख गरिएको छ । दुई नगर र १० गाउँपालिकामा अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनमा क्षतिको कारण पहिरो नै पहिलो नम्बरमा रहेको जनाइएको छ ।

बाढीको जोखिम पनि जिल्लामा धेरै रहेको विगत र यस वर्षका घटनाले देखाएको छ । प्रतिवेदनमा जनावर आतंक, आगलागी, सडक दुर्घटना, हुरी बतास, चट्याङलगायत विपद् पनि रहेको उल्लेख गरिएको छ । स्थलगत अध्ययन, विगतमा भएका विपद्का घटना र जिल्ला प्रशासन कार्यालयमा आएका निवेदनहरूका आधारमा नुवाकोटमा पहिरोको जोखिम धेरै रहेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैवीप्रकोप उद्धार तथा विपद् व्यवस्थापन समितिका संयोजक उद्धवबहादुर थापाले बताए ।

‘पहिरोलाई बढी जोखिम ठानेर अन्य विपद्लाई बेवास्ता गर्नु हुँदैन । सबैखाले विपद्को जोखिमलाई न्यूनीकरण गर्न ध्यान दिनुपर्छ’, उनले अगाडि भने । विभिन्न संघसंस्थाको सहयोगमा निर्माण गरिएको ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ले जिल्लामा विपद् जोखिम न्यूनीकरण गराउन महत्वपूर्ण भूमिका खेल्ने उनको तर्क छ । पहिरोले नुवाकोटका सडकमा क्षति पु¥याउँदा आवतजावतमा समेत समस्या आएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.