एनसेलद्वारा 'रिचार्ज एण्ड विन अफर, १० भाग्यशालीले जिते जनही एक लाख
काठमाडौ : एनसेल प्राइभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक 'रिचार्ज एण्ड विन' अफर अन्र्तगत दोस्रो हप्ताका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ। 'रिचार्ज एण्ड विन' १० हप्तासम्ममा संचालनमा रहने अफर हो।
दोस्रो हप्ताका विजेता असोज २ गते टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको लाइभ ड्र कार्यक्रम मार्फत छानिएका हुन्। दोस्रो हप्ताका १० भाग्यशाली विजेता ग्राहकमध्ये दुईजनाले असोज ४ गते जनही नगद एक लाख पुरस्कार प्राप्त गरेका छन्।
दोस्रो हप्ताका अन्य आठ विजेताको नामावली प्रमाणित गर्ने काम भइरहेको छ र सो प्रक्रिया समापन भए लगत्तै काठमाडौंलगायत उपत्यका बाहिर अवस्थित एनसेल सेन्टरबाट विजयीलाई नगद पुरस्कार प्रदान गरिनेछ।
एनसेलका चिफ स्ट्राटिजी अफिसर इरविन एम. युसुफले काठमाडौंमा आयोजित एक कार्यक्रममा दोस्रो हप्ताका दुई विजयी नुवाकोटका कृष्णा कुमारी थापा र तनहुँका अर्जुन परियारलाई बिहीबार जनही एक लाख नगद पुरस्कार प्रदान गरेका हुन्।
सोही कार्यक्रममा युसुफले पहिलो हप्ताका अन्य तीनजना भाग्यशाली विजयी ग्राहकलाई पनि नगद पुरस्कार प्रदान गरेका छन्। धादिङ्गका रामहरी अर्याल, चितवनका राज कुमार गुरङ्ग र कुशल गुरुङ्गले पहिलो हप्ता अन्र्तगत जनही एक लाख जितेका थिए।
'रिचार्ज एण्ड विन' अफर भाद्र १७ गतेबाट संचालनमा रहेको छ। यस योजनामा सप्ताहभर १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन्।
यो योजनाअन्र्तगत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही खुद एक लाख नगद पुरस्कार पाउँछन्। नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने बताएको छ। यो योजना साप्ताहिक चक्रमा संचालन भइरहेको छ, जसको सुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ।
ग्राहकले आइतबारदेखि शनिबारसम्मको अवधिमा गरेको प्रत्येक १०० बराबरको रिचार्जका आधारमा एसएमएसमार्फत एउटा कोड प्राप्त गर्छन्। प्रत्येक हप्ताको १० भाग्यशाली ग्राहकको छनौट मंगलबार प्रत्यक्ष प्रशारण हुने लाइभ ड्र कार्यक्रममार्फत गरिन्छ।