मेरो ‘गर्लफ्रेन्ड’लाई धेरैले मन पराए
इन्दिरा जोशी युवा पुस्तामा निकै लोकप्रिय गायिकाका रूपमा चिनिन्छिन् । नेपाल आइडलको निर्णायकमध्येकी एक हुन्, जोशी । उनको केही समयअघि आएको गीत ‘गर्लफ्रेन्ड’को चर्चा कम नहुँदै अर्को गीत ‘रेलिमाई’ श्रोताहरूमाझ लोकप्रिय भएको छ । युवा पुस्तामाझ रुचाइएकी गायिका जोशीसँग रामकला खड्काले गरेको प्रश्न–
आफ्नो पछिल्लो गीतमाथि कस्तो प्रतिक्रिया आइरहेको छ ?
नयाँ कुनै गीतको तयारीमा हुनुहुन्छ कि ?
मसँग नयाँ गीत टन्नै छन् । तर, व्यस्तताले गर्दा तयारी गर्न पाएको छैन । विशेष त भिडियोको छायांकनका लागि समय निकाल्न गाह्रो परेको छ ।
तपाईंलाई मन पर्ने अन्तर्राष्ट्रिय स्टार को हो ?
धेरै छन् । मलाई सधैं मनपर्ने एउटा नाम छ, विट्नी हउस्टन । अहिले प्रस्तुतिका कारणले गर्दा बियोन्स पनि मनपर्छ । त्यसैगरी जोन मेयर, नोरा जोन्सलगायतका स्टार पनि मलाई राम्रो लाग्छन् ।
फुर्सदमा के गर्न रुचाउनुहुन्छ ?
प्रायः घरतिरै बस्छु । युट्युबमा गीतहरू र मुभी हेर्न मन लाग्छ । फलफूल टन्न खाने गर्छु । पानी प्रशस्तै पिउने अनि संगीत सुन्ने गर्दा मलाई रमाइलो लाग्छ ।
आफूलाई सधैं सुन्दर र फिट राख्न के गर्नुहुन्छ ?
जे छ त्यसैमा सन्तुष्ट हुने बानी छ । सायद यही कारणले सधैं सुन्दर र फिट देखिन्छु । खानामा जे पाए त्यही खाँदिनँ । तर फेरि खान मन लागे कहिलेकाहीँ खाई पनि दिन्छु । पानी धेरै पिउने बानी छ । व्यायाम भने नियमित गर्दिनँ ।
पार्लर र सौन्दर्यमा कत्तिको खर्च हुन्छ ?
म पार्लर त्यति जाँदिनँ । फेसियल गर्दिनँ । पार्लरमा थ्रेडिङका लागि मात्रै जान्छु । सौन्दर्यमा म प्रायः जापानी र कोरियन सामानको मात्रै प्रयोग गर्छु ।
पुस्तक पढ्ने बानी कति छ ?
पढ्छु । हिजोआज लता मंगेशकरको जीवनी पढिरहेको छु । यो किताब केही समय पहिले आनन्द कार्की दाइको घरमा जाँदा भाउजूसँग मागेर ल्याएकी हुँ ।
गीतसंगीतको क्षेत्रमा महिलालाई कत्तिको गाह्रो छ ?
सबै क्षेत्रमा भोग्नुपर्ने चुनौती यस क्षेत्रमा पनि छ । कसैसँग भेटेर कुरा गर्दा, यसको त अफेयर चलेछ भन्ठान्छन् । कार्यक्रम सकाएर ढिलो घर पुग्दा परिवारलाई निको मान्दैनन् । यस्तो चुनौती मैले पनि भोगेँ ।
गीत प्रस्तुतिको क्रममा कुनै गल्ती भयो भने ?
हामीले प्रायः आफ्नै गीत गाउने हुनाले त्यस्तो गल्ती भन्ने त हुँदैन । तर, कहिलेकाहीँ बाजा नसुनिने, ट्र्याक नसुनिने हुन्छ । यस्ता समस्याले खासै अप्ठ्यारो पर्दैन ।
नयाँ पुस्ताका गायिकालाई तपाईंको सुझाव केही छ ?
पहिले बाटोमा हिँड्दा पनि निहुरिएर हिँड्थेँ । अहिले हजारौं दर्शकको अगाडि प्रस्तुति दिन सक्छु । संगीतले मलाई मान्छे बनायो । सांगीतिक क्षेत्र अहिले निकै राम्रो बनेको छ ।