बालमैत्री शिक्षण विधि लागु गरिएका विद्यालयको सिकाइ उपलब्धिमा वृद्धि

बालमैत्री शिक्षण विधि लागु गरिएका विद्यालयको सिकाइ उपलब्धिमा वृद्धि

बेनी : कोठाका भित्ताभरी चित्र। कोठाभित्र टाँगिएको तोरणमा पनि चित्र झुन्ड्यिाइएका छन्। कतै गीत लेखेर टाँसिएको छ त कतै तथ्यांक। हिमालयन आधारभूत विद्यालयमा विद्यार्थी किताबका पानामात्रै पल्टाउँदैनन्, भित्ताका चित्र हेरेर पनि कुरा बुझ्छन्। घरि गीत गाउँछन् त घरि नाच्छन्। म्याग्दी अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुंगास्थित यस विद्यालयमा पढ्ने र पढाउने तरिका भिन्न छ।

शिक्षक शिक्षिकाले भन्ने र विद्यार्थीले सुन्ने शिक्षण पद्धती मात्र यो विद्यालयमा छैन। कक्षाकोठाभित्र टाँगिएका शैक्षिक सामग्री हेर्दै पढ्ने र सिक्ने तरिका अपनाइएको छ। कुनै कुरा सिक्न विद्यार्थीलाई गीत सुनाइन्छ त कहिले गाउन लगाइन्छ। गीतमा उनीहरु नाच्छन् पनि।

गाउँपालिकाका ८ वटै वडाका ३६ विद्यालयमा शैक्षिक सामग्री प्रदर्शनी र बालमैत्री शिक्षा विधि अपनाइएको हिमालयनका प्रधानाध्यापक रामचन्द्र तिवारीले जानकारी दिए।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका अनुसार २०६९ सालदेखि म्याग्दीका थुप्रै विद्यालयमा बालमैत्री शिक्षण विधि लागु गरिएको छ। त्यस्ता विद्यालयको सिकाइ उपलब्धिमा ५ देखि १४ प्रतिशत वृद्धि भएको शिक्षा अधिकारीको भनाइ छ। शैक्षिक सत्र २०६९ मा आधारभूत तहको सरदर सिकाइ उपलब्धि ५२.८३ प्रतिशत भएको मुक्तिमार्ग मावि घारगाउँ अन्तर्गतका विद्यालयको औसत सिकाइ उपलब्धि २०७४ मा ६५.६ प्रतिशत पुगेको शिक्षा विकास तथा समन्वय इकाईको तथ्यांकले देखाउँछ।

आदर्श मावि रिमा स्रोत केन्द्र अन्तर्गतका विद्यालयको औसत सिकाइ उपलब्धि ५६.८८ प्रतिशतबाट बढेर ७०.४८ प्रतिशत पुगेको छ। २०७२ सालमा ५७.७ प्रतिशत सरदर सिकाइ उपलब्धि भएका सर्वोदय मावि भुरुङ तातोपानी अन्तर्गतका विद्यालयको सरदर सिकाइ उपलब्धि २०७४ साल सम्ममा ४ प्रतिशतले बढेर ६१.१८ प्रतिशत पुगेको छ।

शैक्षिक सामग्री निर्माण र प्रयोग गरेर गरिएको शिक्षण विधि प्रभावकारी देखिएको इकाईका प्रमुख दलबहादुर थापाले बताए। ‘अन्य विद्यालयमा पनि यस्तै शिक्षण विधि विस्तारको आवश्यकता छ’, थापाले भने। शिक्षक, शिक्षिका र विद्यार्थीसँगै नाचगान र खेलेर पठनपाठन गराउँदा वातावरण रमाइलो हुने टिकोट माविको कक्षा ५ की छात्रा नम्रता पुनले बताइन्।

शिक्षक र विद्यार्थी मिलेर कक्षा कोठामा पाठको सन्दर्भ अनुसारका सहयोगी शैक्षिक सामग्री तयार गरी प्रदर्शन गर्छन्। शिक्षक, विद्यार्थीमा सिर्जनशीलताको विकास भएको आदर्श मावि रिमाका स्रोतव्यक्ति भरत पुनले बताए। परम्परागत शिक्षण विधिको तुलनामा शैक्षिक सामग्रीको प्रदर्शनी विधि सिकाइ प्रभावकारी देखिएपछि शैक्षिक सत्र २०७५ सालदेखि रघुगंगा गाउँपालिकाको अमर मावि स्रोत केन्द्रका १८ वटा विद्यालयमा विस्तार गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.