तिला जलाधार जोगाउन जनप्रतिनिधिको चासो

तिला जलाधार जोगाउन जनप्रतिनिधिको चासो

कालिकोट : कर्णाली प्रदेशकै आकर्षक जलाधार क्षेत्र मानिने तिला जलाधार क्षेत्रको संरक्षणको लागि स्थानीय जनप्रतिनिधिहरुले चासो देखाएका छन् । उनीहरुले उक्त जलाधार क्षेत्रको संरक्षणका उपायबारे दुईदिने छलफल गरेका हुन् ।

कालिकोटको मान्ममा बिहीबारदेखि भएको सामुहिक छलफलमा तिला जलाधार क्षेत्र अन्ततरगत कालिकोटको खाँडाचक्र नगरपालिका, तिला गुफा नगरपालिका, शुभकालिका गाँउपालिका, महाँवै गाँउपालिका र जुम्लाको तिला गाँउपालिकाका जनप्रतिनिधि सहभागी थिए ।
 

तिला जलाधार क्षेत्रको संरक्षण, सिमसार क्षेत्रको संरक्षण, सामाजिक सम्बन्ध, जलाधार छनोट र प्राथमिकिकरणका विषययमा उनीहरुको छलफल केन्द्रित थियो ।

छलफलको क्रममा तिला नदी दिन प्रतिदिन प्रदुसित हुँदैगएको भन्दै चिन्ता पनि व्यक्त भएको छ । स्थानीय सरकारले समयमै उपाय नखोजे भविस्यमा पानीको श्रोत लोप हुनसक्ने खतरा पनि कार्यक्रममा औंल्याइयो ।
नदी आसपासका बजारमा निर्माण गरिएका घरका ढल सिधै नदीमा मिसाइदिँदा यस्तो खतरा निम्तिएको भन्दै यसलाई कडाइका साथ रोक्नुपर्ने भन्दै जनप्रतिनिधिहरुको चासो छ ।
      
तिला जलाधार क्षेत्रमा २७ प्रकारका माछा पाइन्छन् । पछिल्लो समय प्रदुषणका कारण माछा लगायतका धेरै जलचर लोप हुन थालेका छन् । साथै पानीको मात्र पनि कम हुँदै गएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.