एएफसी च्याम्पियनसिप : ११ गोल खाएको नेपालले १ गोल फर्कायो
काठमाडौं : एएफसी यू-१६ वुमन च्याम्पियनसिप छनोटअन्तर्गत समूह 'ई'को दोस्रो खेलमा नेपालले अहिले म्यानमारको सामना गरिराखेको छ।खेलको पहिलो हाफमा ११ गोल खाएको नेपालले ७४ मिनेटमा एक गोल फर्काएको हो।
हलचोकस्थित सशस्त्र प्रहरी (एपीएफ) क्लको मैदानमा भएको खेलमा नेपालले पहिलो हाफमै ११ गोल खाएको हो।
म्यानमारले नेपालमाथि ४, ५, ७, ९, १७, २०, २८, २९, ३२, ३७ र 63 मिनेटमा गोल गरेको हो। नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ४-० ले पराजित भएको थियो। यो खेलमा पराजित भए नेपाल छनोट प्रतियोगिताबाट बाहिरिने छ।