भारतले स्थगित गर्यो पाकिस्तानसँग हुने भनिएको वार्ता
भारत : भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानी समकक्षी शाह मोहम्मद कुरेसीबीच अमेरिकाको न्युयोर्कमा हुने भनिएको वार्ता स्थगित भएको छ । भारत सरकारले शुक्रबार अचानक स्थगित भएको घोषणा गरेको हो ।
लामो समयदेखि शितयुद्धको अवस्थामा रहेका भारत र पाकिस्तानी प्रतिनिधि स्वराज र कुरेसीको वार्ता आगामी साता न्युयोर्कमा गर्ने तय भए पनि भारतीय पक्षबाट आएको यस्तो घोषणालाई अन्तर्राष्ट्रिय समुदायमा चासोका साथ हेरिएको छ ।
भारतको यस्तो घोषणालाई पाकिस्तानी पक्षबाट खास प्रतिक्रिया सार्वजनिक भएको छैन । भारतीय पक्षको उच्चस्तरीय छलफलपछि वार्ता स्थगित भएको बताइएको हो । अग्रिम तय भएको वार्तालाई भारत र पाकिस्तानबीच सहमतिको नयाँ आधारको रुपमा पनि ब्याख्या गरिएको थियो।