युरोपा लिग फुटबल : बलिया क्लबको स्वाभाविक जित

युरोपा लिग फुटबल : बलिया क्लबको स्वाभाविक जित

लन्डन : युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगमा अधिकांश बलिया क्लबले सुखद सुरुआत गरेका छन् । प्रतियोगिताको बिहीबार राति भएको खेलमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सी र आर्सनलले सफलता हात पारे भने इटालियन क्लब लाजियो र एसी मिलानले पनि आआफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाए । स्पेनिस क्लब सेभिल र जर्मन क्लब बायर लेभरकुसेनले पनि विजयी सुरुआत गरे ।

समूह ‘ई’ अन्तर्गतको खेलमा आर्सनलले आफ्नै मैदानमा युक्रेनी प्रतिद्वन्द्वी भोर्सला पोल्टाभालाई ४-२ गोलले हरायो । आर्सनलका लागि पियर एमरिकले दुई तथा डेनी वेलबेक र मेसुट ओजिलले एक÷एक गोलको योगदान गरे । सोही समूहको अर्को खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ सीपीले घरेलु मैदानमै अजरबैजानको क्वाराबाग एफसीलाई २-० गोलले पराजित ग¥यो ।

समूह ‘एल’ अन्तर्गतको खेलमा चेल्सीले ग्रिसको पीएओके थेसालोन्कीलाई उसैको मैदानमा १-० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलको सातौं मिनेटमै चेल्सीका लागि विलियनले निर्णायक गोल गरेका थिए । सोही समूहको अर्को खेलमा बेलारुसको एफसी बेटलाई २-० गोलले पराजित ग¥यो । समूह ‘एच’ अन्तर्गतको खेलमा लाजियोले घरेलु मैदानमा एपोलोन लिमासोललाई २-१ गोलले हरायो । लाजियोका लागि लुइस अल्बर्टो र सिरो इम्मोबाइलले एक÷एक गोल गरे । सोही समूहको अर्को खेलमा जर्मनीको इन्ट्र््याक्ट फ्रांकफर्टले फ्रान्सेली क्लब मार्सिल्लेलाई २-१ गोलले पाखा लगायो ।

समूह ‘एफ’ अन्तर्गतको खेलमा एसी मिलानले लग्जम्बर्गको डुडलेन्जलाई १-० गोलले हरायो । मिलानका लागि ५९औं मिनेटमा गोन्जालो हिग्वेनले निर्णायक गोल गरे । सोही समूहको अर्को खेलमा स्पेनिस क्लब रियल बेटिस र ग्रिसको ओलम्पियाकसले गोलरहित बराबरी खेल्दै अंक बाँडे । समूह ‘ए’ अन्तर्गतको खेलमा बायर लेभरकुसेनले लुडोगोरेट्स राजग्रादलाई उसैको मैदानमा ३-२ ले हरायो भने एफसी जुरिचले एईके लार्नाका १-० ले पराजित ग¥यो ।

यसैगरी समूह ‘बी’ मा सेल्टिक र साल्जबर्गले आआफ्नो खेल जिते । समूह ‘सी’ मा साल्भिया प्राग्वेले घरेलु मैदानमा बोर्डेक्सलाई १-० ले हरायो भने जेनिट सेन्ट पिटर्सबर्गले एफसी कोबेनहेभनलाई १-१ गोलरहित बराबरीमा रोक्यो । समूह ‘जे’ अन्तर्गतको खेलमा सेभिल र एफसी क्रासनोदर विजयी भए भने समूह ‘जी’ मा भिल्लारियल र रेन्जर्सले २-२ गोलको बराबरी खेले ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.