नेतृत्व लिन तयार छु : शशांक काेइराला
कावासोती : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोेइराला पार्टी महाधिवेशनको लागि देश दौडाहामा छन् । यस क्रममा उनले पार्टीको नेतृत्व सम्हाल्न तयार रहेको बताएका छन् । तर घोषणा गर्न बाँकी रहेकाे छ।
नेपाल प्रेस युनियन नवलपुरको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्न शनिबार पूर्वी नवलपरासीको कावासोती पुगेका कोइरालाले महाधिवेशनको प्रसंग कोट्याउँदै आफू पार्टी नेतृ्त्वको लागि तयार भएको बताएका हुन् ।
कोइरालाले साथीहरुकै भावना अनुसार अघि बढ्ने बताएका छन् । ‘महाधिवेशन आउन केही सयम छ, अहिले नै सबै कुरा खुलस्त भनि नहालौं, म तपाईँहरुलाई समयमै सूचना दिएर आफ्ना कुरा राख्ने छु । त्यतिञ्जेलसम्मका लागि धैर्य गर्नुस्,’ कोइरालाले भने ।
अर्को प्रसंगमा उनले प्रजातन्त्रप्रति बिपी कोइरालाको संघर्षको प्रसंग कोट्याउँदै नेपाली कांग्रेस प्रेस स्वतन्त्रताको पक्षमा सधैँ रहने बताए । साथै प्रेस जगतलाई कुण्ठित गर्न खोजिए त्यस बिरुद्ध कांग्रेसले सडक र सदन दुवै स्थानबाट प्रेस स्वतन्त्रताको पक्षमा आन्दोलन गर्ने प्रतिबद्धता देखाएका छन्।