प्रविधिक शिक्षालाई जोड दिएका छौँः शिक्षा मन्त्री पोखरेल
![प्रविधिक शिक्षालाई जोड दिएका छौँः शिक्षा मन्त्री पोखरेल](https://annapurnapost.prixacdn.net/media/albums/giriraj-mani-pokhrel_20180709132715_oN3q8r234d.jpg)
टीकापुर : शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक शिक्षाको अवस्था कमजोर भएका कारण अभिभावकले सामुदायिक विद्यालयलाई विश्वास गर्न छोडेको जिकिर गरेका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आंगिक क्याम्पसका रुपमा टीकापुरमा सञ्चालित प्राकृतिक श्रोत व्यवस्थापन कलेजको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो कुरा बताएका हुन् ।
सामुदायिक विद्यालयको उचित व्यवस्थापनका लागि शिक्षक र अभिभावकले नेतृत्व लिनुपर्ने औंल्याउँदै मन्त्री पोखरेलले सामुदायिक शिक्षाको उचित व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा परेको आश्वाशन दिए ।
सामुदायिक विद्यालयमा शिक्षकको छनौट, व्यवस्थापन समितिको चयन प्रक्रियालाई प्रभावकारी परिर्वतन गरेर मात्रै शिक्षा क्षेत्रमा आमूल परिवर्तन सम्भव भएको उनको भनाइ थियो ।
देश समाजवाद उन्मुख बाटोमा अघि बढिरहेको प्रसंग जोड्दै मन्त्री पोखरेलले अबको शिक्षा नीति जीवन उपयोगी प्राविधिक बनाइनुपर्नेमा जोड दिए ।
‘बेरोजगार उत्पादन गर्ने शिक्षाले समाजवादतर्फ देशलाई उन्मुख गराउन सक्दैन’ मन्त्री पोखरेलले भने, ‘त्यसैले सरकारको प्राथमिकतामा प्राविधिक र जीवन उपयोगी शिक्षालाई जोड दिइएको छ ।’
साथै प्राकृतिक श्रोतको सदुपयोग गर्नका लागि विशिष्टिकृत विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्ने उनको भनाइ थियो ।
त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयले समेत कृषि र वन विज्ञानको अध्यापन गर्ने अनुमति दिएकोप्रति मन्त्री पाण्डेको असन्तुष्टि छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)