भीआरले बचायो रियल मड्रिडलाई, बार्सिलोनालाई उछिन्यो
काठमाडौं : स्पेनिस ला लिगा अन्तरगत शनिबार रातिको खेलमा उपाधि दावेदार मानिएको रियल मड्रिडले कठिन जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले स्पानियोलमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।
रियल मड्रिडको जितका लागि ४१ औं मिनेटमा मार्को एसेन्सिओले गरेको गोल नै निर्णायक बन्यो । सुरुमा मार्काेको प्रहारले गोलको मान्यता पाएको थिएन । उनले गरेको प्रहार स्पानियोलका डिफेन्डरको खुट्टामा ठक्कर खाइ पोल नजिकै जालीमा लागेर बाहिरिएको थियो । रेफ्रीले गोल दिएका थिएनन् । पछि भीआर मार्फत परीक्षण गर्दा गोलको मान्यता पाएको थियो ।
यसअघिको खेलमा एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकिएरपछि परेको रियल यो जितपछि १३ अंक बनाई शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बार्सिलोना १२ अंकसशित दोस्रो स्थानमा छ ।
ला लिगाकमा शनिबार भएका अन्य खेलमा एथ्लेटिको मड्रिडले गेटाफेमाथि २–० को सहज जित निकालेको छ । त्यसैगरी आलाभेजले रायो भ्याल्लेकानोमाथि ५–१ र एइबरले लेगानेजमाथि १–१ को जित निकाले । सेल्टाभिगो र रियल भाल्लाडोलिडले ३–३ को बराबरी खेले ।
डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले आइतबार गिरोनाको सामना गर्दै छ ।