अमेरिकी सहयोगमा आक्रमण भएको इरानी दाबी

अमेरिकी सहयोगमा आक्रमण भएको इरानी दाबी

तेहरान : इरानको दक्षिण पश्चिम क्षेत्रमा शनिबार भएको आक्रमण अमेरिकी सहयोगप्राप्त इस्लामवादी लडाकु समूहले गराएको इरान सरकारले आरोप लगाएको छ।सरकारले आतंकवादी समूहले गोली चलाएको दाबी गरे पनि शनिबार साँझसम्म आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन। इरानमा सैन्य कवाज (परेड) चलिरहेका समय अन्धाधुन्ध गोली चलेको र आक्रमणमा परी मृत्यु हुनेको संख्या २४ पुगेकोे र ५३ जना घाइते भएको इरानको राज्य सञ्चालित इर्नाले जनाएको छ।

 इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफले इरानको दक्षिण पश्चिममा सक्रिय एक अमेरिकी सहयोगप्राप्त संगठन जिम्मेवार रहेको दावी गरेका छन्। अहवाजमा विदेशद्वारा भर्ना लिएको, तालिम दिएको, हतियार उपलब्ध गराएको तथा उनीहरूलाई भुक्तानी गर्ने गरेको आतंकवादीहरूले आक्रमण गरेको विदेशमन्त्री जरीफको स्पष्टोक्ति छ। 

जरीफले भने, ‘इरानले त्यस क्षेत्रमा आतंकवादीलाई आर्थिक रूपमा संरक्षण दिँदै आएका विदेशी र उनीहरूका अमेरिकी मालिक आक्रमणका जिम्मेवार छन्।’ आक्रमण भएको स्थान अहवाज शहर इरानको इराकी सिमानामा पर्ने खुजिस्तान प्रान्तमा पर्छ। उक्त स्थान इरानमा अल्पसंख्यक मानिने अरब समुदायको बाहुल्य भएको क्षेत्र हो। खुजिस्तानमा यसअघि पनि पृथकतावादी हिंसात्मक आन्दोलन हुने गरेको र यसमा तेहरानका क्षेत्रीय प्रतिस्पर्धीको हात रहेको इरानले आरोप लगाउँदै आएको थियो।

मृतकमध्ये एउटी नाबालिका, केही प्रत्यक्षदर्शी महिला तथा ह्विलचियरको सहारामा परेड हेर्न आएका एक पूर्वसैनिक पनि परेको सेनाका प्रवक्ता तथा ब्रिगेडियर जनरल अबोलफजल शेकर्चीले जानकारी दिएका छन्। आक्रमणकारीमध्ये तीनजना घटनास्थलमै मारिएका थिए भने एकजनालाई घाइते अवस्थामा पक्राउ गरिए पनि केही समयपछि मृत्यु भएको प्रवक्ता शेकर्चीले बताए।

विदेशमन्त्री जरीफले अमेरिकी सहयोगप्राप्त क्षेत्रीय प्रतिस्पर्धी नै घटनामा जिम्मेवार रहेको भन्दै इराकतर्फ संकेत गरेका छन् भने इरानको रिभोलुसनरी गार्डले साउदी अरबको सुन्नी समूहद्वारा संरक्षण दिइँदै आएको इरानी लडाकूु समूह जिम्मेवार रहेको बताएको छ। सेना तथा सर्वसाधारणमाथि शनिबार गोली चलाउने समूह अहभाजी आन्दोलनसँग सम्बद्ध रहेको गार्डका प्रवक्ता रामेजान शरीफले बताए। विदेशमन्त्री जरीफले आक्रमणको तत्काल र निर्णायक जवाफ दिइने बताएका छन्।

 यसैबीच इरानको निकट सहयोगी मानिने रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले घटनापछि शोक सन्देश पठाउँदै आक्रमणको निन्दा गरेका छन्। इरानमा भएको कठोर आक्रमणले आफूलाई निकै दुःखी तुल्याएको उनले बताएका छन्। रूसी राष्ट्रपतिले भने, ‘यो घटनाले एक पटक फेरि आतंकवादविरुद्ध सम्झौताहीन युद्धको आवश्यकताको स्मरण गराएको छ।’ खुजिस्तान तत्कालीन इराकी शासक सद्दाम हुसेनका समय अर्थात् सन् १९८० मा इरान र इराकबीचको प्रमुख युद्धस्थल हो। यहाँ सन् २००५ देखि सन् २०११ सम्म पनि युद्धका घटना भएका थिए। उक्त स्थान सन् २०११ पछि भने निकै शान्त रहँदै आएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.