भारतको अभिव्यक्तिबाट पाकिस्तानी प्रधानमन्त्री दुःखी

भारतको अभिव्यक्तिबाट पाकिस्तानी प्रधानमन्त्री दुःखी

इस्लामावाद : भारतले भारत-पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट शनिबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बैठक रद्द गर्ने विषयलाई लिएर दुःख व्यक्त गरेका छन्।पाकिस्तानी प्रधानमन्त्री खानले आफ्नो ट्वीटर पेजमा लेखेका छन्, ‘भारत-पाकिस्तानबीचको शान्ति वार्तालाई पुनः आरम्भ गर्ने मेरो आह्वानप्रति भारतको अहंकारी तथा नकारात्मक प्रतिक्रियाबाट म दुःखी बनेको छु।’ उनले नामै नलिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरेका छन्। 

उनले भनेका छन्, ‘सानो सोच भएका मान्छे उच्च पदमा भएपछि यस्तो हुनु सामान्य होला। मेरो जीवनको अनुभवले र दृष्टिले ठूलो तस्वीर नदेखेको हुनसक्छ।’ शुक्रबार दुई विशिष्ट प्रहरी अधिकारी र एक प्रहरी जवानलाई जम्मु-कश्मीरमा अपहरणपछि क्रूरतापूर्ण हत्या गरेको केही घण्टापछि भारतीय विदेशमन्त्री सुषमा स्वराज र पाकिस्तानी विदेशमन्त्री शाह मेहमद कुरैसीबीच हुने भनी प्रस्तावित वार्ताबाट भारत पछि हटेको थियो।

 खानले पत्रमा आतंकवादमाथि भारतसँग वार्ता गर्न तयार भएको बताएका थिए। उनले भारतलाई पठाएको पत्रमा लेखेका थिए, ‘व्यापार, जनस्तरमा सम्पर्क, धार्मिक यात्रा र मानवताका विषयमा वार्ता गर्न हामी पूर्ण तयार छौं। भारत र पाकिस्तान दुवै देश शान्तिको पक्षमा छौं र यसका लागि विदेशमन्त्रीबीच वार्ताको प्रस्ताव राख्छु।’

यस पहिले यही सेप्टेम्बरको १८ गते सीमा सुरक्षा बलका प्रहरी जवान नरेन्द्र सिंहको पनि जम्मु नजिकैको भारत-पाकिस्तानको अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा बन्दुक बोकिरहेको अवस्थामा हत्या भएको थियो। शुक्रबार भारतीय विदेश मन्त्रालयले आफ्नो निर्णय घोषणा गर्दै पाकिस्तानी प्रधानमन्त्रीको वास्तविक अनुहारलाई सिमानामा भएका हत्याले छर्लंग देखाएको बताएको थियो। भारत तथा पाकिस्तानका विदेशमन्त्रीबीच अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभाका अवसरमा भेट हुने कार्यक्रम तय भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.