प्रतिबन्ध हटाएर गल्ती सुधार्न अमेरिकालार्इ चीनको आग्रह

प्रतिबन्ध हटाएर गल्ती सुधार्न अमेरिकालार्इ चीनको आग्रह

बेइजिङ : चीनले आफूमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाई गल्ती सुधार्न अमेरिकासँग आग्रह गरेको छ। रूसी रक्षा सामग्री किनेको आरोपमा अमेरिकाले चिनियाँ कम्पनीमाथि थप प्रतिबन्ध लगाएको थियो।

चिनियाँ विदेश मन्त्रालयले आफूमाथि लगाइएको प्रतिबन्ध नहटाइए चीन पनि चुप नलाग्ने स्पष्ट पारेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चङ सुआङले सञ्चारकर्मीलाई यस्तो बताएका हुन्। अमेरिकाले अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मूल्यमान्यता पनि पालना नगरेको उनले आरोप लगाएका छन्। अमेरिकाको उक्त कदमबाट दुवै देश र सेनाबीचको सम्बन्ध निकै महँगो सावित हुने चीनको चेतावनी छ।

अमेरिकी कानुनको उल्लंघन गरी रूसको हतियार निर्यातक कम्पनीसँग कारोबार गरेको भन्दै अमेरिकाले असन्तुष्टि व्यक्त गर्दै नाकाबन्दी लगाएको थियो। सन् २०१७ मा चीनले रूसबाट १० वटा सुखोई-३५ युद्धक विमान र २०१८ मा जमिनबाट आकाशमा मार हान्न सक्ने एस-४०० क्षेप्यास्त्र खरिद गरेको अमेरिकी गृह मन्त्रालयले जानकारी दिएको छ। यो प्रतिबन्धपछि चिनियाँ कम्पनीले अमेरिका र उसका अधिकारक्षेत्रमा निर्यात गर्न पाउनेछैनन्।

ती कम्पनी विदेशी मुद्रा सटहीको सुविधाबाट पनि वञ्चित हुनेछन्। अमेरिकी अर्थमन्त्री स्टीफन मनुचिनको सुझावमा चिनियाँ सेनाको सैन्य सामग्री विभाग र यसका निर्देशक ली शाङफूमाथि यस्तो प्रतिबन्ध लगाइएको अमेरिकी विदेश मन्त्रालयको स्पष्टोक्ति छ।

अमेरिकामा सन् २०१७ मा काउन्टरिङ अमेरिकाज एडभर्सरिज थ्रु सान्क्सन्स एक्ट (काटसा) लागू गरेको थियो। उक्त कानुन अन्तर्गत इरान, उत्तर कोरिया र रूसमाथि अमेरिकी प्रतिबन्ध लगाइएको थियो। यो कानुनमा रूसबाट रक्षा सम्बन्धी सामग्री किन्न प्रतिबन्ध लगाइएको छ। यसै कानुनको आधारमा अमेरिकाले रूसको सैन्य एवं गुप्तचर सम्बद्ध ३३ व्यक्ति र कम्पनीलाई कालोसूचीमा राखेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले त्यस्तो प्रतिबन्ध लगाइएका व्यक्ति ७२ पुगेको बिहीवार जानकारी दिएका थिए। ती व्यक्ति र कम्पनीसँग कारोबार गर्न इच्छुक व्यक्ति वा संस्थालाई अमेरिकाले कारबाही गर्ने गरेको छ।

यद्यपि अमेरिकाले यो आफूले कुनै पनि देशको सैन्य एवं प्रतिरक्षा क्षमतालाई कमजोर पार्ने उद्देश्य नरहेको दाबी गर्दै आएको छ। आफूविरोधी गतिविधिलाई रोक्नुमात्र रहेको अमेरिकी भनाइ छ। अमेरिकी सरकारका अनुसार अमेरिकी चुनाव प्रभावित पार्ने, युक्रेनमा हस्तक्षेप गर्ने लगायतका विषयमा अमेरिकाले रूसलाई केही गरेरै देखाउन खोजेको बताएको छ। अमेरिकी राजदूतसँग सोधपुछ

चीनले बेइजिङमा कार्यरत अमेरिकी राजदूतलाई बोलाई चीनको सैनिक संगठनमाथि अमेरिकाले लगाएको प्रतिबन्धबारे सोधपुछ गरेको छ।

रूससँग लडाकु जेट तथा हतियार किनेको भनी आफ्नो सैनिक संगठनविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि यसबारे औपचारिक छलफलका लागि चीनका लागि अमेरिकी राजदूतलाई बोलाई आपत्ति जनाएको सिन्ह्वाले जनाएको छ। चीनका उप-विदेशमन्त्री जङ चक्वाङले अमेरिकी राजदूत टेरी ब्रान्टाडलाई बोलाई सैनिक संगठनविरुद्ध प्रतिबन्धबारे शान्त एवं औपचारिकरूपमा चीनका कुरा अमेरिकी प्रतिनिधिसँग राखेको ‘पिपुल्स डेली’को अनलाइन प्रकाशनमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.