एसिया कप : भारत-पाकिस्तान र अफगानिस्तान-बंगलादेश भिड्दै
दुबई : यूएईमा जारी एसियाली क्रिकेट काउन्सिल (एसीसी) एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत ‘सुपर फोर’ को दोस्रो खेलमा आइतबार भारत–पाकिस्तान र वंगलादेश–अफगानिस्तान प्रतिस्पर्धा गर्दै छन्।
नेपाली समय अनुसार साँझ ५ः१५ बजे दुबई अन्तराष्ट्रिय रंगशाला दुबईमा भारत र पाकिस्तान बीचको खेल हुँदैछ भने सोही समयमा शेख जायद रंगशाला अबुधाबीमा अफगानिस्तान र बंगलादेशबीचको खेल हुँदैछ ।
समूह चरणमा यी टोली बीच भएको खेलमा भारतले पाकिस्तानमाथि ८ विकेटको जित निकालेको थियो । अफगानिस्तानले बंगलादेशलाई १३६ रनले हराएको थियो ।
भारत र पाकिस्तान विजयी
भारत र पाकिस्तानले एसियाली क्रिकेट काउन्सिल (एसीसी) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत ‘सुपर फोर’ चरणको आफ्नो पहिलो खेलमा जित हात पारेका छन् । शुक्रबार अबेर राति सम्पन्न खेलमा भारतले बंगलादेशमाथि सात विकेटको ठूलो अन्तरको जित हात पा¥यो । यस्तै पाकिस्तान अफगानिस्तानविरुद्ध तीन विकेटले विजयी बन्यो । जितसँगै भारत र पाकिस्तानले सुपर फोर चरणमा महŒवपूर्ण दुई÷दुई अंक जोडेका छन् ।
राउन्ड रोबिन लिग प्रणालीमा हुने सुपर फोर चरणमा शीर्ष दुई स्थानमा रहने टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारी पहिले ब्याटिङका लागि उत्रिएको बंगलादेशले ४९.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय ७३ रनको सामान्य योगफल जोडेको थियो । जवाफी ब्याटिङमा आएको भारतले ३६.२ ओभरमा मात्रै तीन विकेट गुमाएर लक्ष्य पार गरेको थियो ।
भारतको जितमा ब्याटिङतर्फ कप्तान तथा प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले अविजित ८३ रनको महŒवपूर्ण योगदान दिए । रोहितले आफ्नो अर्धशतकीय पालिमा तीन छक्का र पाँच चौका प्रहार गरेका थिए । यस्तै अर्का प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले ४० रन जोड्दा विकेट किपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी ३३ रन र अम्बाती रायडु १३ रनमा आउट हुन पुगे ।
बलिङतर्फ रभिन्द्र जडेजा एक्लैले चार तथा भुवनेश्वर कुमार र जसप्रीत बुमराहले तीन÷तीन विकेट लिँदा बंगलादेश सस्तो योगफलमै समेटिन पुगेको थियो । बंगलादेशका लागि नवौं क्रमका ब्याट्सम्यान मेहिदी हसन मिराजले जोडेको ४२ रन नै कुनै पनि खेलाडीले जोडेको व्यक्तिगत सर्वाधिक रन बन्यो । कप्तान मोस्रफे मोर्टाजाले २६, मोहमदुल्लाहले २५, फुस्फिकर रहिमले २१, सकिब अल हसनले १७ तथा मोसदेक हुसेनले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । बंगलादेशका कप्तान मोस्रफे, सकिब र रुवेल हुसेनले भारतको एक÷एक विकेट लिएका थिए ।
यस्तै अबुधाबीस्थित सेख जायद स्टेडियममा टस जिती पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ५७ रनको योगफल खडा गरेको थियो । जवाफमा पाकिस्तानले ४९.३ ओभरमा सात विकेट गुमाउँदै जित पक्का गरेको हो ।
टोलीलाई विजयी बनाउँन सोएब मलिकले ४३ बलमै ५१ रनको अर्धशतकीय पालि खेलेका थिए । उनले आफ्नो पालिमा एक छक्का र तीन चौका प्रहार गरेका थिए । टोलीलाई आवश्यक परेको अवस्थामा विस्फोटक ब्याटिङ गरेका सोएब म्यान अफ दी म्याचसमेत चुनिए । त्यसअघि प्रारम्भिक ब्याट्सम्यान इमाम उल हकले ८० रन र बाबर अजमले ६६ रनको योगदान दिएका थिए ।
पाकिस्तानलाई लक्ष्यसम्म पुग्न नदिने प्रयासमा अफगानिस्तानका रसिद खानले तीन तथा मुजिब उर रहमानले दुई विकेट लिएका थिए । यद्यपि उनीहरूको प्रयास सफल भएन । त्यसअघि ब्याटिङतर्फ अफगानिस्तानका लागि हस्मतुल्लाह सहिदीले अविजित ९७ रनको योगदान दिएका थिए । एक सय १८ बलमा सात चौका प्रहार गरेका उनी शतकबाट मात्रै तीन रनले चुके । उनीबाहेक कप्तान अस्घर अफ्घानले ६७ रन जोडेका थिए । पाकिस्तानका मोहम्मद नवाजले अफगानिस्तानका तीन तथा सहिनसा अफ्रिदीले दुई विकेट लिएका थिए ।