बाबुले बञ्चरो प्रहार गर्दा छोराको मृत्यु

बाबुले बञ्चरो प्रहार गर्दा छोराको मृत्यु

टीकापुर :  कैलालीको टीकापुर नगरपालिका(८ मा बाबुले बञ्चरो प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् ।सामान्य घरायसी विवादमा बुवाले छोरालाई बञ्चरो प्रहार गर्दा छोराको मृत्यु भएको हो।
 टीकापुर नगरपालिका(८ कालिमाटीमा शनिबार साँझ ७५ वर्षीय बाबु पहले लुहारको आक्रमणबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

बाबुले छोरालाई बञ्चरोले टाउकोमा हिर्काएको र उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी शिव बहादुर सिहले जानकारी दिए ।

बञ्चरो प्रहारबाट घाइते भएका लुहारलाई उपचारको लागि टिकापुर अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रेफर गरिएको थियो। लुहारको उपचारकै क्रममा राति करिब साढे १२ बजेतिर मृत्यु भएको जनाइएको छ।

मृतक लुहारको शवलाई पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको र बञ्चरो प्रहार गर्ने बाबु पहलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मृतक लुहार लामो समयदेखि सपरिवार रोजगारीका लागि भारतमा रहेका थिए ।

गत हप्तामात्रै उनी श्रीमतीसहित नेपाल आएको पारिवारिक स्रोतले बताएको छ। सधैंजसो मदिरा सेवन गर्ने मृतक लुहारलाई मदिरा नपिउन बुवाले गरेको आग्रहलाई नमान्दा भएको सामान्य विवादमा उनको मृत्यु भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.