नेपालमा बाघको संख्या बढ्योः ३७ वटा नयाँ

नेपालमा बाघको संख्या बढ्योः ३७ वटा नयाँ

बर्दिया : दुर्लभ बन्यजन्तुको सूचीमा रहेको पाटेबाघको संख्या नेपालमा ह्वात्तै बढेको निकुञ्ज तथा वन्यजन्तु विभागले बताएको छ ।

सन् २०१७ मा गरिएको बाघ अनुगमनको नतिजा विभागले निकुञ्ज मार्फत सार्वजनिक गर्दै नेपालमा पाटेबाघको संख्या बृद्धि भएको जानकारी दिएको हो । आहारा, प्रजाती लगायत व्यवस्थित वासस्थानका कारण बाघको संख्या बृद्धि भएको विभागको तर्क छ ।

बर्दिया राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको सन् २०१७ को बाघ अनुगमनको नतिजा अनुसार नेपालमा २ सय ३५ वटा वयस्क पाटेबाघ छन् । जस अनुसार औसतमा चितवनमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटा निकुञ्जमा १६ वटा पाटेबाघ छन् ।

सन् २०१३ को बाघ सर्वेक्षण अनुसार चितवनमा १२०, बर्दियामा ५०, शुक्लामा १७, पर्सामा ७ र बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा गरी नेपालमा १९८ वटा पाटेबाघ थिए । सन् २०१६ को बाघ अनुगमनका क्रममा बर्दियामा ५६ वटा वयस्क र २९ वटा वच्चा गरी ८५ वटा पाटेबाघ भेटिएका थिए ।

सन् २०१७ को बाघ अनुगमनबाट ६२ वटा वयस्क पाटेबाघ बर्दियामा भेटिएका हुन् । ५ वर्षअघि नेपालमा रहेको बाघको संख्यामध्ये ३७ वटा वयस्क पाटे बाघ नयाँ देखिएका हुन् ।

बर्दिया-बाँके कम्प्लेक्समा १६ डिसेम्बर २०१७ देखि दुई महिनासम्म स्वचालित क्यामरा मार्फत बाघ अनुगमन गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए ।

कम्प्लेक्सलाई तीन वटा ब्लकमा विभाजन गरी बाँके—बर्दियामा क्यामेरा जडान गरिएको हो । जसअन्र्तगत करिव ७ सय २८ ग्रीड मध्ये ६ सय २४ ग्रीडमा क्यामेरा जडान थिए । निर्धारित ग्रिडमा २ सय जोडी अटोमेटिक क्यामरा जडान गरिएको हो । अनुगमनका क्रममा २ सय २७ जना प्राविधिक खटिएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.