तनहुँ सेवा समाज यूएईको नयाँ कार्य समिति चयन

तनहुँ सेवा समाज यूएईको नयाँ कार्य समिति चयन

तनहुँ : संयुक्त राज्य इमिरेट्सका विभिन्न राज्यमा रहेका तनहुँवासी नेपाली कामदारको संस्था तनहुँ सेवा समाज यूएईले नयाँ कार्य समिति चयन गरेको छ ।

श्रीकृष्ण पौडेलको नेतृत्वमा चयन भएको १६ सदस्यीय समितिको कार्यकाल २ वर्षको हुने छ । कार्य समितिको वरिष्ठ उपाध्यक्षमा प्रविण श्रेष्ठ, उपाध्यक्षमा भीमनरसिंह बस्नेत, महिला उपाध्यक्षमा कल्पना लामिछाने रिमाल, महासचिवमा कृष्ण सुनार, सचिवमा सुरिन भुजेल, कोषाध्यक्षमा फणिन्द्रराज अधिकारी तथा सह कोषाध्यक्षमा गणेश बानियाँ चयन भएका छन् ।

सदस्यमा कमला थापा, याम थापा मगर, सुदीप कार्की, अपिल भट्टराई, अम्मर पन्थी, देवराज आले, नेत्र लामिछाने, भुवन थापामगर, संगीता सोती र देवबहादुर शाही छन् ।

समाजले तनहुँवासी तथा यूएईमा कार्यरत तनहुँवासीको हकहितमा काम गर्ने नवनिर्वाचित कार्य समितिले प्रतिवद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.