हर्क गुरुङको जन्मथलोमा विश्वविद्यालय खोल्न पहल

हर्क गुरुङको जन्मथलोमा विश्वविद्यालय खोल्न पहल

लमजुङ : गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्री किरण गुरुङले लमजुङको मस्र्याङ्दी गाउँपालिकामा डा. हर्क गुरुङको सम्झनामा अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका छन् । यसका लागि आफूले पहल गर्ने गुरुङको भनाइ छ ।


डा. हर्कको जन्मभुमी मस्र्याङ्दी–७ ताङ्लीचोकमा आइतबार आयोजित स्व. गुरुङको १२ औं स्मृतिसभामा बोल्दै मन्त्री गुरुङले उनको विद्यता र योगदानको सम्मानमा विश्वविद्यालय स्थापनाको आवस्यकता औंल्याए ।


‘डा. हर्कको धेरै विषयमा दख्खल थियो । धेरै खोज अनुसन्धान पनि गर्नुभयो’, मन्त्री गुरुङले भने, ‘उनको योगदानको कदर गर्न अन्तर्राष्ट्रिय स्तरको एकेडेमी बनाउन आवश्यक छ ।’ उनले भूगोल, पर्यटन या अन्य विषयमा अध्ययन गर्ने विश्वविद्यालय बनाउनुपर्ने बताए ।


जन्मथलोमा विश्वविद्यालय र संग्राहलय बनाउन देशभित्र र बाहिरबाट आर्थिक सहयोग जुटाउन प्रदेश सरकारले पहलकदमी लिने बताए । ‘डा. हर्कको स्मृतिमा विश्वविद्यालय बनाउन सरकार आफैले मात्र पनि खर्च गर्न पर्दैन’, मन्त्री गुरुङले भने, ‘उहाँको नाउँमा प्रतिष्ठान बनाउन सके देश बाहिरबाट पनि सहयोग जुटाउन सकिन्छ ।’

गण्डकी प्रदेश सांसद धनन्ज्य दवाडीले गुरुङको जन्मथलोमा हिमाल र पहाडको विषयमा अध्ययन गर्ने विश्वविद्यालय बनाउन सकिने तर्क राखे । 

‘उनले जुन विषयमा दख्खल राखे, विद्यता प्राप्त गरे, त्यो विषय पढ्ने नेपालमा विश्वविद्यालय छैन’, सांसद दवाडीले भने, ‘कम्तिमा पनि हिमाल र पहाडबारे पढ्ने विश्वविद्यालय यहाँ खोल्न सक्यौँ भने विश्वभरका मानिस यहाँ आउन सक्छन् ।’

साथै यस्तो विश्वविद्यालय हिमाल र पहाडी क्षेत्रमा साउथ एसियाकै पहिलो विश्वविद्यालय हुनसक्ने बताए । ‘यसबारे पढ्न नेपाली अष्ट्रेलिया पुगिरहेका छन्, यहीँ विश्वविद्यालय खोल्न सके नेपाली मात्रै नभई साउथ एसियाकै मानिस यहाँ आउन सक्छन्’, दवाडीले भने ।

यस्तै संविधानसभा सदस्य जमीन्द्रमान घलेले डा. हर्कले पेश गरेका योजना र विचार कार्यन्वय गर्न आवश्यक रहेको बताए । ‘सिमाना व्यवस्थित गर्नुपर्ने, बसाइसराइ रोक्नुपर्ने, हिमाल, पहाड र तराई जोडेर विकासको संरचना निर्माण गर्नुपर्ने उहाँको विचार र योजना कार्यन्वयन गर्न आवश्यक छ’, घलेले भने ।

राष्ट्रको लागि योगदान पु¥याएका डा. हर्क गुरुङलाई राज्यले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने डा. हर्क गुरुङ स्मृति केन्द्रका अध्यक्ष तीलबहादुर गुरुङको माग थियो ।


डा. हर्क उत्तरी लमजुङको तत्कालिन बाहुनडाँडा गाविस वडा नं. २, नाइँचेस्थित विक्रम संवत १९९५ सालमा जन्मिएका थिए । विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कन्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कँदै गर्दा हेलिकप्टर दुर्घटनामा परी २०६३ साल असोज ७ गते उनी सहित २४ जनाको निधन भएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.