वेस्ट हामसँग रोकियो चेल्सी

वेस्ट हामसँग रोकियो चेल्सी

लन्डन : इङ्लिस प्रिमियर लिग फुटबलमा वेस्ट हामले बलियो प्रतिद्वन्द्वी चेल्सीलाई गोलरहित बराबरीमा रोकेको छ। आइतबार साँझ भएको खेलमा वेस्ट हामले आफ्नो घरेलु मैदानमा चेल्सीलाई रोकेको हो। खेल अवधिभर चेल्सीले लगातार आक्रमण बुने पनि वेस्टहामको रक्षापंक्तिलाई तोड्न सकेन।

बराबरीसँगै इङ्लिस प्रिमियर लिगको अंकतालिकामा चेल्सी तेस्रो स्थानमा छ। चेल्सीले ६ खेलबाट १६ अंक जोडेको छ। शीर्ष स्थानमा लिभरपुल छ। यसैबीच, नापोली इटालियन सिरीए फुटबल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। नापोलीले आइतबार साँझ खेलिएको खेलमा टोरिनोलाई उसैको मैदानमा ३-१ गोलले हरायो। नापोलीको जितमा लोरेन्जो इनसाइनले दुई गोलको योगदान गरे। खेल सुरु भएको चौथो मिनेटमै लोरेन्जोले टोलीलाई अग्रता दिलाएका थिए। २०औं मिनेटमा सिमोन भर्डीले अर्को गोल थपेपछि पहिलो हाफमै नापोली २-० ले अगाडि बढेको थियो।

खेलको ५१औं मिनेटमा टोरिनोका आन्द्रे बेलोट्टीले पेनाल्टीमार्फत जवाफी गोल फर्काएका थिए। ५९औं मिनेटमा लोरेन्जोले व्यक्तिगत दोस्रो गोल थपेपछि नापोलीले सजिलै नतिजालाई आफ्नो पक्षमा पा¥यो। पाँच खेलबाट १२ अंक हात पारेको नापोली तालिकाको दोस्रो स्थानमा छ। हालसम्म अपराजित रहँदै चार खेल १२ अंक बटुलेको युभेन्ट्स तालिकाको पहिलो स्थानमा आसीन छ। पाँच खेलबाट पाँच अंक जोडेको टोरिनो भने १३औं स्थानमा छ।

यसैगरी इन्टर मिलानले पनि साम्पडोरियालाई उसैको मैदानमा १-० गोलले पराजित ग¥यो। इन्टरको प्रतिस्पर्धात्मक जितमा खेलको अन्तिम समयमा मार्सेलो ब्रोजोभिचले निर्णायक गोल गरेका थिए। पाँच खेलबाट सात अंकमात्र हात पार्न सकेको इन्टर तालिकाको सातौं स्थानमा उक्लिएको छ। साम्पडोरिया पनि पाँच खेलबाट सात अंक जोड्दै छैटौं स्थानमा छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.