मनास्लु चुचुरोबाट प्याराग्लाइडिङ

मनास्लु चुचुरोबाट प्याराग्लाइडिङ

काठमाडौं : मनास्लु हिमालको चुचुरो (८१६३ मि) बाट पहिलो पटक प्याराग्लाइडिङ उडाइने भएको छ। प्याराग्लाइडिङको विकास गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सोलुखुम्बुका प्याराग्लाइडिङ पाइलट लाक्पाछिरी शेर्पाले चुचुरोबाट प्याराग्लाइडिङ गर्ने भएका हुन्।

२०६७ सालमा सगरमाथाको चुचुरोबाट प्याराग्लाइडिङ उडाइसकेका शेर्पा कात्तिक ११ गते प्याराग्लाइडिङ ग्लाडर (छाता)बाट एक्लै मनास्लु हिमालको चुचुरोबाट उड्ने तयारीका साथ आधारशिविर पुगिसकेका छन्। सन् २००३ मा सगरमाथा आरोहण गरिसकेका शेर्पाले भिजन २०२० को अभियानमा सहयोग गरी २० लाख पर्यटन नेपाल भित्याउन आफूले चुचुरोबाट प्लाराग्लाइडिङ गर्न लागेको बताए।

‘म अहिले आधारशिविरमा तयारी गर्दै छु बाटो निर्माण भई सकेपछि मौसम हेरेर उड्ने तयारीमा छु’, उनले टेलिफोनबाट भने। यो शरद् ऋतुमा मनास्लु हिमाल आरोहणका लागि १२ आरोहण दलबाट एक सय आठ जना आरोहीले पर्यटन विभागमा आरोहण अनुमति लिएका छन्। यो अन्य वर्षहरूका शरद् ऋतुको तुलनामा सबैभन्दा धेरै हो

२०६६ सालदेखि प्याराग्लाइडिङमा लागेको शेर्पा बेलायतका पाइलट एडम हिल स्कुलबाट प्याराग्लाइडिङ सिकेका हुन्। दुई हजार पाँच सय घण्टा उडिसकेका उनी चार वर्षअघि देखि टेन्डम पाइलटको उपाधि लिएर पोखरामा प्याराग्लाइडिङ गर्दै आएका छन्। धेरै माथिबाट उड्नुपर्ने भएकाले जोखिम बढी हुने गर्छ। तर पनि साहसका साथ नेपाललाई हिमालपछि प्याराग्लाइडिङको हब भनेर चिनाउन लागिपर्ने आफ्नो लक्ष्य राखेको उनले बताए।

पर्यटन विकासका लागि चुचुरोबाट सहासिक काम गरेको भन्दै नेपाल ह्याङग्लाइडिङ तथा प्याराग्लाइडिङ संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था (ना), प्याराग्लाइडिङ पाइलट क्लबले उनको कामको प्रशंसा गरेका छन्। गत महिना भएको १८ औ एसियाली खेलकुदमा २० वर्षपछि प्याराग्लाइडिङमा रजत पदक जितेर इतिहास कायम गरेको थियो। नेपालमा प्याराग्लाइडिङको सुरुवात २० वर्षअघि पोखराबाटै भएको मानिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.