तिब्बत वायुसेवाका म्यानेजर लिफू निष्कासित

तिब्बत वायुसेवाका म्यानेजर लिफू निष्कासित

काठमाडौं : ‘ओभर स्टे’ बसेका तिब्बत एयरलाइन्सका स्टेसन म्यानेजरलाई गृह मन्त्रालयले निष्कासन (डिपोर्ट) गरेको छ। अध्यागमन विभागले पर्यटक प्रवेशाज्ञा (भिसा)को अवधिसमेत गुजारिसकेका चिनियाँ नागरिक झोङ लिफूलाई सन् २०१८ भित्र नेपाल प्रवेशमा प्रतिबन्ध लगाई शुक्रबार निष्कासन गर्ने निर्णय गरेको हो।

अध्यागमनको निर्णयसँगै तिब्बत एयरलाइन्सका स्टेसन म्यानेजर लिफू शनिबार चीनको छेन्दु प्रस्थान गरेका छन्। पर्यटक भिसामा नेपाल बसेका उनले श्रम स्वीकृतिसमेत लिएका थिएनन्। ‘ओभर स्टे’ बसेका लिफूको भिसा नियमित गरी अध्यागमन विभागले चीनको छेन्दू जान प्रस्थान अनुमति दिएको हो।

सूचना अधिकारीसमेत रहेका अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले ‘ओभर स्टे’रहेका लिफूलाई २०१८ सम्म नेपाल प्रवेश गर्न नपाउने गरी प्रस्थान अनुमति दिएको बताए। ओभर स्टे बसेबापतको जरिवाना तिरेपछि विभागले लिफूको भिसा नियमित गरेको हो।तिब्बत एयरलाइन्सले चिनियाँ नागरिक लिफूलाई उक्त एयरलाइन्सका लागि नेपालको स्टेसन म्यानेजरमा नियुक्ति गरी पठाएको थियो। लिफूको २६ अगस्टमै पर्यटक भिसाको म्याद गुज्रिसकेको थियो।

भिसाको अवधि सकिए पनि काम गरिरहेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तिब्बत एयरलाइन्सका स्टेसन म्यानेजर लिफूलाई थप कारबाही गर्न अध्यामगन विभागलाई पत्राचार गरेको थियो। श्रम स्वीकृतिका लागि प्रक्रिया अघि बढाउन लाग्दा उनी ‘ओभर स्टे’ रहेको पत्ता लागेपछि मन्त्रालयले कारबाहीका लागि अध्यागमन विभागलाई पत्राचार गरेको थियो।

यसअघि पनि नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक जापानी नागरिकलाई नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगाई निष्कासन गरेको थियो।

चिनियाँ नागरिक लिफूले एक वर्षभित्रमा विदेशीले नेपाल बस्न पाउने १ सय ५० दिनको अवधिसमेत गुजारिसकेका थिए। कुनै पनि विदेशी नागरिक पर्यटक भिसामा १ सय ५० दिनभन्दा वढी नेपाल बस्न पाउँदैनन्। नागरिक उड्डयन प्राधिकरणले साउन ३१ गते चिनियाँ नागरिक लिफूलाई तिब्बत एयरलाइन्सको स्टेसन म्यानेजरका लागि मन्त्रालयमा सिफारिस गरेको थियो।

त्यसअघि तिब्बत एयरलाइन्सले प्राधिकरणलाई पत्राचार गरी लिफूलाई नेपालको स्टेसन म्यानेजरमा नियुक्ति गरेको जानकारी गराएको थियो। त्यसपछि मन्त्रालयले गोप्य रूपमा उनीमाथि छानबिन गर्यो।

मन्त्रालयले गरेको छानबिनले लिफूले श्रम स्वीकृति नलिएको र पर्यटक भिसाको म्यादसमेत गुज्रिसकेको भेटेपछि कारबाहीका लागि अध्यागमन विभागलाई पत्राचार गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सचिवस्तरको निर्णय गर्दै श्रम स्वीकृतिसमेत नलिई अवैध रूपमा काम गरेको भन्दै कारबाहीका लागि अध्यागमन विभागमा सिफारिस गर्ने निर्णय गरेका थिए। पर्यटन सचिव देवकोटाले भदौ २५ गते लिफूले श्रम स्वीकृति नलिई काम गरेकाले सोहीअनुरूप कारबाही गर्नुपर्ने निर्णय गरेको मन्त्रालय स्रोतले बताएको छ।

अध्यागमन विभागले यसअघि समेत नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक जापानी नागरिक ग्योतुकी कोजीलाई नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगाई निष्कासन गरेको थियो। विदेशी नागरिक अनुगमन निर्देशिका कार्यान्वयनमा आए देखी गृह मन्त्रालयले अवैध ढंगले नेपाल बस्दै आएका विदेशीहरु माथी कडा निगरानी वढाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.