अन्तर्वार्ता दिँदा ख्याल गर्नुपर्ने पक्ष

अन्तर्वार्ता दिँदा ख्याल गर्नुपर्ने पक्ष

के तपाईं जागिरका लागि अन्तर्वार्ता दिने तयारी गर्दै हुनुहुन्छ ? कहिलेकाहीँ सानातिना गल्तीले पनि हात लागिसकेको अवसर गुम्न सक्छ। पटकपटक असफल बन्ने क्रम दोहोरिन सक्छ। अन्तर्वार्ताको समयमा अन्तर्वार्ताकारलाई कसरी प्रभाव पार्ने ? आफ्ना प्रतिस्पर्धीभन्दा फरक देखिन के कस्ता कुरामा ध्यान दिने। मनन् गर्नुपर्ने केही टिप्सः


समयको ख्याल गर्नुहोस्

अन्तर्वार्ता दिन जाँदा समयको ख्याल गर्नुपर्छ। छिटो पुग्ने र ढिलो पुग्ने बानीले राम्रो सन्देश जाँदैन। तयारी गरेको कुरामा अलमल हुन सक्छ। दस मिनेट अघि पुग्न सके राम्रो हुन्छ। नत्र तपाईंले समयको ख्याल नगरेको नकारात्मक सन्देश जान सक्छ।

अनुहारमा मुस्कान आवश्यक

मुस्कानले हरबखत सकारात्मक सन्देश प्रवाह गर्छ। तपाईंको मुस्कानले अन्तर्वार्ताकार र कम्पनीका मालिकलाई पक्कै प्रभावित गर्छ।

मोबाइल अफ गर्न नबिर्सिनुहोस्

अन्तर्वार्ताको समयमा आफ्नो मोबाइल अनिवार्य रूपमा स्विच अफ गर्न छुटाउनु हुँदैन। अन्तर्वार्ताको समयमा मोबाइलको रिङ बज्ने, म्यासेज आउने गर्‍यो भने तपाईंको दिमाग अन्यत्र मोडिन सक्छ। साथै अन्तर्वार्ताअघि अति खुसी लाग्ने र दुःख लाग्ने कुरा सुन्नाले तयारीमा प्रभाव पर्न सक्छ। यसकारण पनि मोबाइल अफ गर्न आवश्यक छ।

ध्यानपूर्वक सुन्नुहोस्

प्रश्न ध्यानपूर्वक सुन्नुहोस्। प्रश्न बुझिएन भने सही उत्तर दिन कठिन हुन्छ। गलत अर्थ जान सक्छ।

औपचारिक पोसाक छान्नुहोस्

अन्तर्वार्ता दिन जाँदा प्रायः औपचारिक पोशाक लगाउँदा राम्रो हुन्छ। यसले तपाईंको व्यक्तित्व पनि झल्किन्छ।

अनावश्यक खानेकुरा नखानुहोस्

अन्तर्वार्ताको समयमा जाँड, रक्सी, खैनी, चुरोट, चुइँगम, चकलेटजस्ता खानेकुरा खानुहुँदैन। यस्ता खाद्य पदार्थले अनावश्यक गन्ध आउँछ। तपाईंको प्रस्तुतिलाई सहयोग गर्दैन।

अन्तर्वार्ता दिँदा ख्याल गर्नुपर्ने पक्ष

उत्तर दिँदा आफू प्रस्ट भएको कुरामा धक फुकाएर उत्तर दिनुहोस्। धेरै उत्तेजित नहुनुहोस्। नबुझेको कुरामा बल गरेर उत्तर दिने प्रयास नगर्नुहोस्। यसले तपाईंको कमजोरी देखिन सक्छ। आत्तिने र धेरै चञ्चल बन्नु हुँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.