भारती सिंह र उनका श्रीमानमा डेंगू, अस्पताल भर्ना
काठमाडौं : भारतीय हाँस्यकलाकार भारती सिंह र उनका पति हर्ष लिंबाचियालाई डेंगूको संक्रमण भएको छ।चिकित्सकको सल्लाहअनुसार दुवैजना अस्पताल भर्ना भएका छन्।
भारती र हर्ष केही दिनदेखि बिरामी थिए। स्वास्थ्य परीक्षणपछि दुवैजनालाई डेंगूको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको हो।
चिकित्सकले उनीहरुलाई स्वास्थ्यमा सुधार नआएसम्म अस्पतालमै बस्नुपर्ने सुझाव दिएका छन्। उनीहरु मुम्बैको कोकिलाबेन अस्पतालमा उपचारत छन्।