इन्टु मिन्टु लन्डनमा : आक्रामक ओपनिङ, हलमा देखियो साम्राज्ञीको क्रेज

इन्टु मिन्टु लन्डनमा : आक्रामक ओपनिङ, हलमा देखियो साम्राज्ञीको क्रेज

काठमाडौं : साम्राज्ञीराज्यलक्ष्मी शाह र धीरज मगर स्टार फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को इनिसियल बक्स अफिस कलेक्सन आक्रामक देखिएको छ। शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म तीन दिनमा व्यापारिक हिसाबले मात्रै अगाडि देखिएका यसका कलाकारको स्टारडमका कारणले पनि निकै दमदार देखियो।

मल्टिप्लेक्स मात्रै होइन सिंगल थिएटरमा पनि फिल्मले धेरैपछि दर्शकको घुइँचो लगायो। शनिबार हलमा फिल्मको व्यापार शतप्रतिशत रह्यो। फिल्मले तीन दिनमा दुई करोडभन्दा माथि कलेक्सन गरेको वितरकको अनुमान छ। तर निर्माण पक्षले आधिकारिक बक्स अफिस रिपोर्ट भने सार्वजनिक गरेको छैन।

हलमा नायिका साम्राज्ञी र नायक धीरजको क्रेज निकै देखिएको छ। मोफसलका प्रमुख स्टेसनहरूमा पनि फिल्मले शुक्रबार र शनिबार हाउसफुल प्रदर्शन गरेको छ।

०००

विवाहको माहोल छ। आँगनमा पञ्चेबाजा घन्किरहेछ। माइती खलक बिहेको खुसीमा नाचिरहेछन्। केटीका आफन्त तथा परिवार दौडधुपमा छन्। जन्ती आउने समय भइसक्यो। तर, कोठामा विवाहका लागि सजिएर बसेकी छोरी बेपत्ता छिन्।

फिल्म ‘इन्टुमिन्टु लन्डनमा’को बिगिनिङले नै दर्शकलाई फिल्म हेर्न उत्साहित गराउँछ। म्युजिकल लभस्टोरी फिल्मको कथावस्तु हामीले बारम्बार पर्दामा हेर्दै आएका अन्य लभस्टोरी जनराको फिल्मभन्दा भिन्न छैन। फिल्मको इन्डिङ पनि सहजै अनुमान गर्न सकिन्छ। तर, दुई घन्टा २० मिनेटको यस फिल्मले दर्शकलाई सुरुदेखि अन्त्यसम्म नै होल्ड गर्छ। अधिकांश छायांकन लन्डनमा गरिएकाले पनि दर्शकले फिल्ममा नयाँ टेस्ट पाउन सक्छन्।

यही फिल्मबाट निर्देशनमा डेब्यु गरेकी कोरियोग्राफर रेनेशा बान्तवा राईले निर्देशनमा जमेर मेहनत गरेको प्रस्ट देखिन्छ। फिल्मको गीतसंगीत, कोरियोग्राफी, सेनेमाटोग्राफीमा विशेष ध्यान दिइएको छ। साथै सरल तर मन छुने डाइलगले फिल्मको हाइट अझै बढाएको छ। नाटकीयभन्दा वास्तविकतासँग मेल खाने पटकथाका कारण फिल्मले दर्शकलाई आफ्नो निजी जीवनसँग जोड्न सकेको छ।

गायक सुजिल कर्माचार्यदेखि स्वप्न सुमनजस्ता गायकको आवाज रहेको फिल्मका गीतसंगीत त्यत्तिकै उत्कृष्ट छन्। फिल्मकी नायिका साम्राज्ञी राज्यलक्ष्मी (मीरा) डिप्लोम्याट (दिलभूषण पाठक)की छोरीको भूमिकामा छिन्। धीरज मगर (ईशान)की प्रेमिका बनेकी साम्राज्ञी सामान्य छिन्।

नायकका रूपमा डेब्यु गरेका धीरज मगर र सारुक ताम्राकारको अभिनय तारिफयोग्य छ। फिल्ममा धीरजले स्विट लभर ब्वाइको भूमिका निर्वाह गरेका छन्। बार म्यानेजर धीरज गीत गाउने, फोटोग्राफी गर्ने, साथीभाइलाई साथ दिने सरल स्वभावका छन्। अर्कोतर्फ सारुकले ‘मेजर आकाशसिंह मल्ल’को भूमिकामा जबरजस्त अभिनय गरेका छन्।

यी दुई नायकको स्वस्फूर्त एक्टिङ, बडी ल्यांग्वेज, डाइलग डेलिभरी र दमदार अभिनयले फिल्मको साधारण कथावस्तुलाई युनिक रूप दिएको छ। साथमा पत्रकार दिलभूषण पाठक, विजय लामा, रुवी राणाको अभिनय पनि आआफ्नो ठाउँमा राम्रो छ।

कलाकारको पहिरन, लोकेसन, ब्याकग्राउन्ड, प्रोपर्टी प्रयोगमा पनि फिल्मले कुनै कुञ्जुस्याइँ गरेको छैन। विक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफीले फिल्मको ओभरअल लुक राम्रो देखिन्छ।

फिल्ममा धीरज इन्टु र साम्राज्ञी मिन्टुको भूमिकामा छन्। यी दुईको पहिलो भेट लन्डनमा हुन्छ। भेट भएको ६ महिनामै यी दुई एकअर्काको प्रेममा परिसकेका हुन्छन्। तर, यी दुईको प्रेम विवाहसम्म परिणत हुन सहज हुँदैन। धीरज र साम्राज्ञी बीचको प्रेममा सारुकको इन्ट्री भएपछि फिल्म क्लाइमेक्सतिर मोडिन्छ।

फिल्ममा शैलेन्द्रध्वज कार्कीको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ। फिल्मका निर्माता प्रज्ज्वलशमशेर राणा हुन्। सुस्मिता जिरेल, सुलेखा राई र वसन्त तामाङ फिल्मका सहनिर्माता हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.