चुम्बनको बदला श्रीमतीले जिब्रो टोकिदिएपछि...

चुम्बनको बदला श्रीमतीले जिब्रो टोकिदिएपछि...

भारतको राजधानी नयाँ दिल्लीमा एउटा अनौठो घटना घटेको छ। दिल्लीको रनहोला क्षेत्रमा एक महिलाले आफ्ना श्रीमानको जिब्रो टोकेर गम्भीर घाइते पारिदिएको खबर भारतीय मिडियामा चर्चामा छ। 

ती महिलाले चुम्बन गर्नुको साटो श्रीमानको जिब्रो टोकेर घाइते बनाइदिएकी हुन्। ती महिला आठ महिनाकी गर्भवती थिइन्। श्रीमतीबाट चुम्बनको बदला सजाय पाएका ती श्रीमानको अस्पतालमा शल्यक्रिया भएको खबर आजतकले लेखेको छ। 

श्रीमानबाट बेखुसी भएकी ती महिलाले रिस फेर्न त्यसो गरेको हुनसक्ने समाचारमा जनाइएको छ। समाचारमा जाइएको अनुसार उनीहरूबीच झगडा भइरहन्थ्यो र, त्यसको कारण थियो- लोग्नेको रुप। श्रीमतीका नजरमा उनी सुन्दर थिएनन्। 

प्रहरीका अनुसार श्रीमान र २२ वर्षीया गर्भवती श्रीमतीबीच घटना हुँदाको दिन पनि झगडा भएको थियो। उनीहरूबीचको त्यसदिनको झगडा स‌ंझौतामा टुंगिएको थियो र श्रीमानले श्रीमतीलाई चुम्बन गर्न खोजेका थिए। 

तर अचानक परिस्थिति अर्कै बन्यो जब ती महिलाले चुम्बनका बदला श्रीमानको जिब्रो नराम्रोसँग टोकिदिइन्। काटिएको जिब्रोको दिल्लीको सफदरजंग अस्पतालमा शल्याक्रिया भएको छ।

जिब्रोको शल्यक्रिया भएपनि उनी बोल्न सक्छन् वा सक्दैनन्, यसबारे चिकित्सकसँग पनि जवाफ छैन किनभने घाउ निकै गम्भीर भएको छ र शल्यक्रियाका क्रममा उनको जिब्रो नै काट्नुपरेको छ। 

पीडितका बाबुले प्रहरीलाई खबर गरेपछि जिब्रो टोक्ने श्रीमती पक्राउ परेकी छन्। उनीहरु २० नोभेम्बर २०१६ मा विवाह बन्धनमा बाँधिएको खबरमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.